हिलाम्मे सडकमै धान रोपेर जनप्रतिनिधिको विरोध
सिरहा : सिरहाको धनगढीमाई १२ विष्णपुरकट्टिस्थित स्थानीय युवाले हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको छ ।
सडकको हिलो भएको कारण आवतजावतमा समस्या भइरहेको जानकारी वडाअध्यक्षलाई गराउँदा पनि सुनुवाइ नगरेको भन्दै स्थानीयले धान रोपेका हुन् ।
केहीदिन अघि गाउँको सोही सडकको केही मिटर कालोपत्रे गर्र्न सुरु गरेको थियो । कालोपत्रेमा आवतजावत रोक्न ठेकेदारले सडकमै खाल्डो खनेका थिए । उक्त खाल्डो नपुर्दा वर्षापछि सडकमा हिँडडुल गर्न कठिनाई भोग्नुपरेको स्थानीय खगेश्वर यादवले सुनाए ।
‘सडकमै खाल्डो खनेर ठेकेदारले त्यतिकै छोडयो । आफूहरुले पटकपटक वडाअध्यक्षलाई खाल्डो पुराउन ठेकेदारलाई कडाई गर्न आग्रह गरे तर, कसैले सुनेन,’ उनले भने,‘खाल्टोमा हिलो भएपछि मोटरसाइकल यात्री लड्ने गरेको थियो । कोही सुनुवाइ नगरेपछि धान रोपेको हो ।’
यता, वडाअध्यक्ष राजु श्रेष्ठले आफूले ठेकेदारलाई सडकको खाल्डो पुर्न ताकेदा गरिसकेको जानकारी दिए ।