बाँकेका ८ स्थानीय तहको झन्डै ७ अर्बको बजेट

बाँकेका ८ स्थानीय तहको झन्डै ७ अर्बको बजेट

नेपालगन्ज: बाँकेका ८ वटा स्थानीय तहले बिहीबार आर्थिक वर्ष ०७८/७९ को लागि झन्डै ७ अर्बको बजेट ल्याएका छन् ।

सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकाले एक अर्ब ५४ करोड ७७ लाख ११ हजारको रहेको छ । उपप्रमुख उमा थापा मगरले प्रस्तुत गरेको बजेटमा एक तिहाइ बजेट वडालाई छुट्टयाइएको छ । वडालाई ३९ करोड २६ लाख ४० हजार विनियोजन गरेको छ । २३ नं. वडालाई कम्तीमा ७२ लाख ८७ हजार र सबैभन्दा बढी वडा नं. १८ लाई १ करोड ८७ लाख ९५ हजार बजेट छ ।

कोहलपुर नगरपालिकाले विवादकै बीचमा १ अर्ब १७ करोड ३४ लाखको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सञ्जुकुमारी चौधरीलगायत, कांग्रेस र नेकपा निकटका सभा सदस्यले बहिस्कार गरेपछि नेकपा एमाले निकटका सभा सदस्यले मात्र बजेट प्रस्तुत गरेका थिए । असहमतिका बाबजुत बजेट ल्याएको नगर प्रमुख लुटबहादुर रावतले बताए । नगर उपप्रमुख चौधरीले भने बजेट निर्माणकै विषयमा सहमति नजुटेको बताइन् । बहिस्कार गर्ने पक्षले शुक्रबार पत्रकार सम्मेलन गर्दैछ ।

त्यसैगरी खजुरा गाउँपालिकाले ७५ करोड ९३ लाख ४० हजार, बैजनाथ गाउँपालिकाले ६५ करोड, ४३ लाख ९० हजारको, राप्ती सोनारीले ८२ करोड ३४ लाख ९१ हजारको, जानकीले ६९ करोेड ८५ लाख ३७ हजार, डुडुवाले ६८ करोड ६३ लाख ११ हजार र नरैनापुर गाउँपालिकाले ४९ करोड १ लाख ४६ हजारको बजेट ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.