अनलाइन कक्षाको अनुभव शेयर गर्दा १०० रुपैयाँ : विजयीलाई ल्यापटप उपहार

अनलाइन कक्षाको अनुभव शेयर गर्दा १०० रुपैयाँ : विजयीलाई ल्यापटप उपहार

काठमाडौं : कोरोना महामारीपछि सिंगो शैक्षिक पछाडि धकेलिने चिन्ता बढ्दै गएको छ । सरकारले शैक्षिक शत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाईका माध्मयबाट पढाई सञ्चालन गर्ने तयारी गरिरहेको छ । अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिनेछ । पछिल्ला दिनमा ‘वेद सिस्टम’ अनलाइन सिकाइका लागि उपयुक्त माध्यम बनेको छ । 

जसले हाल ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्या‍उँदै आएको छ । अनलाइन कक्षा मात्र होइन, वेदले अनलाइनबाटै गृहकार्य दिन सकिने र परीक्षा सञ्चालन गर्न सकिने प्रणाली समेत विकास गरेको छ।
 

उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौं मूल्यका विभिन्न उपहार समेत प्रदान गर्ने भएको छ । त्यसका लागि कम्पनीले ‘हातहातमा शिक्षा’ नामक अभियान थालेको छ ।

यो अभियान सामाजिक सञ्जाल फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको हो । 

यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ । भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट हुनेलाई ल्यापटपसहित आकर्षण पुरस्कार समेत प्रदान गरिनेछ । 
  
कसरी सहभागी हुने ? 
• यो क्याम्पेनमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाको अनुभव सहितको भिडियो फेसबुकमा सबैले देख्न सकिनेगरी शेयर गर्नुपर्नेछ ।
• यसरी बनाएको भिडिओ कम्तिमा ३० सेकण्डको हुनुपर्ने छ ।
• वेदको फेसबुक पेज लाइक तथा फलो गर्नुपर्नेछ ।
•भिडिओ पोस्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु गर्नुपर्नेछ ।

यस्ता छन्, उपहार

- वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै ४ जना शिक्षकलाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ,

- फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स,

- न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ,

- साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कार,

- हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.