डुङ्गेश्वरको योजना : स्लेट खानीमा उद्योग सञ्चालन, जेष्ठ नागरिकलाई घरदैलोमै उपचार

डुङ्गेश्वरको योजना : स्लेट खानीमा उद्योग सञ्चालन, जेष्ठ नागरिकलाई घरदैलोमै उपचार

दैलेख: जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले स्लेट खानीमा उद्योग सञ्चालन गर्ने भएको छ । 

बिहीवार सार्वजनिक आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम मार्फत् उद्योग सञ्चालनमा ल्याउने योजना ल्याएको हो। 

गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्लेट (पत्थर) खानीलाई व्यवस्थित गरी उद्योग सञ्चालन गर्ने नीति ल्याइने उल्लेख छ। गाउँपालिकाको वडा वडा नम्बर २ र ३ मा स्लेट (पत्थर) खानी छ। अध्ययन, अनुसन्धान र उत्खनन कुनै काम हुन सकेको छैन्। गाउँपालिकाले स्लेट (पत्थर) खानीलाई व्यवस्थित गरी उद्योग सञ्चालन गर्ने योजना अघि सारेको अध्यक्ष मल्लले बताए। 

गाउँपालिकाको नीति तथा कार्यक्रममा बहुवर्षीय आयोजना गाउँपालिकाको प्रशासकीय भवन, पर्यटकीय क्षेत्र र रक्चना खानेपानी आयोजना आर्थिक वर्ष २०७८÷२०७९ मा सम्पन्न गरिने उल्लेख छ। चुप्रा बजारस्थित हेल्थपोष्ट बेलपाटा बलेना हुँदै २ नम्बर वडा कार्यालय जोड्ने सडक स्तरोन्नती र जडी कल्सेढुंगा सडक निर्माण सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

संघ, प्रदेश र गाउँपालिकाको सहभागितामा डुङ्गेश्वर बजारदेखि गाउँपालिकासम्मको ८ किलोमिटर सडक कालोपत्रेको काम सुरु गरिनेछ। गाउँपालिकाले आर्थिक वर्ष २०७८÷२०७९ भित्रै गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमलाई समेटेर गाउँपालिकाले सञ्चालन गर्ने योजनामा एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्नेछ। गाउँपालिकाले पर्यटकीय एवं पुरातात्विक सम्पदाको पहिचान गरी संरक्षण र सम्बद्र्धनलाई प्रभावकारी बनाउने, आदीबासी जनजातीको मातृ भाषाको उत्थानका लागि विद्यालय छनौट र पाठ्यक्रम निर्माण गरी पठन पाठनलाई कार्यान्वयनमा ल्याउने लक्ष लिएको छ। 

आदीवासी जनजातीका लागि संग्राहलय निर्माण, दलित, पिछडिएका वर्गका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। गाउँपालिकाले ५५ वर्षमाथीका एकल पुरुष, सम्बन्ध विच्छेद र ४५ वर्ष माथिका महिलालाई दोहोरोपना नगर्ने गरी मासिक एकल भत्ताको कार्यक्रमलाई प्रभावकारी बनाउनेभएको छ। कोरोना भाइरसको मार युवायुवतीलाई रोजगार भन्ने नारालाई कोरोनाका कारण विदेशमा रोजगारी गुमाई फर्किएका युवायुवतीलाई उत्पादनमुलक कार्यक्रममा जोड्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए। 

विद्युत सेवा विस्तार र ग्रामिण सामुदायिक विद्युतीकरणलाई प्रभावकारी बनाउने गाउँपालिकाले जनाएको छ। डुङ्गेश्वर गाउँपालिका-१ मा औधोगिक ग्राम स्थापनाका लागि डिपिआर निर्माण गरी संघीय र प्रदेश सरकारसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँपालिकामा साना तथा मझौला जलविद्युत र वैकल्पिक उर्जाको सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरी उज्यालो डुङ्गेश्वर अभियानलाई पुर्णता दिने योजना गाउँपालिकाले अघि सारेको छ। 

खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका स्तरिय खेलकुद विकास समितिको व्यवस्था, एक वडा एक खेलकुद मैदान निर्माण आर्थिक वर्ष २०७८÷२०७९ भित्रै पुरा गरिनेछ।  गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि, कर्मचारीको कार्य सम्पादनका आधारमा अतिरिक्त सेवा सुविधाको नीति कार्यान्वयनमा ल्याइने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। 

गाउँपालिकाले शिक्षा क्षेत्रमा गाउँ शिक्षा योजना तयार गरेर शिक्षा प्रर्णालीलाई व्यवस्थित बनाउने नीति लिएको छ। गाउँपालिकाले कक्षा ८ र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र एक छात्रालाई पुरस्कृत गर्ने योजना अघि सारेको छ। गाउँपालिकाले ५ देखि २५ वर्षसम्मका विद्यार्थीलाई स्काउटमा समावेश गराउने नीति लिएको छ। 

गाउँपालिकाले डुङ्गेश्वर गाउँपालिकाबासीलाई स्वथ्य जीवन सुखी जीवनको नारा अघि सारेको छ। गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाले जेष्ठ नागरिकको स्याहार सम्भार घरदैलोमा उपचारको नीति लिएको सोहि अनुरुप ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर उपचार गर्ने योजना गाउँपालिकाको छ।

 खेतीयोग्य बाँझो जमिनको सदुपयोग गर्ने नीति लिएको गाउँपालिकाले वडा नम्बर २  स्थित देउली बजार र डुङ्गेश्वर गाउँपालिका-६ माथिल्लो डुङ्गेश्वर बजारमा हाटबजार सञ्चालनमा ल्याउने भएको छ। व्यवसायिक रुपमा च्याउ खेती प्रबद्र्धन, एक वडा एक सामुदायिक कृषि प्रसार सेवा केन्द्र सञ्चालन, उत्कृष्ठ कृषि तथा पशुपंक्षी फर्मलाई प्रोत्साहन कार्यक्रम गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। 

गाउँपालिकाले स्थानीय लैङ्गिक हिंसा निवारण कोष र अपाङ्ग हेल्पडेक्स स्थापना गर्ने भएको छ। गाउँपालिकाले ६ वटै वडामा रहेका विपन्न परिवार, एकल महिला, पिछडा वर्ग, अति गरिब महिलाहरुका लागि आयआर्जनमुलक कार्यक्रम सञ्चालनमा ल्याउने नीति लिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए। 
गाउँपालिकाको आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट गाउँपालिकाको राजनीतिक, आर्थिक, भौतिक पूर्वाधार, सामाजिक र सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा उल्लेख्य सुधार हुने अध्यक्ष मल्लको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.