पर्सामा चट्याङ लागेर किसानको मृत्यु
वीरगन्जः पर्साको जिरभवानी गाउँपालिकामा शनिबार बिहान चट्याङ लागेर एक किसानको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय राजेशवर साह तेलीको चट्याङ लागेर मृत्यु भएको हो ।
वडा नम्बर २ मा रहेको आफ्नो खेतमा बिहान काम गर्न गएका बेला अचानक चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।
मृतक तेलीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।