स्लोभाकियामा 'एयर कार'को उडान परीक्षण सफल

स्लोभाकियामा 'एयर कार'को उडान परीक्षण सफल

हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ। यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ।

कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ।यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ। आमन्त्रित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगे। 

सोमवार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने।

हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो। कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुई जना यात्रा गर्न सक्छन्। तर परीक्षण चरणमै रहेको ड्रोन–ट्याक्सी जस्तो यो सीधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ।

चलचित्र र कथाहरूमा थुप्रै देखाइने हवाई कारलाई भविष्यको यातायातका रूपमा चित्रण गरिन्छ। सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाई कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो।

मंगलवार एउटा कार्यक्रमका हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाई कारको सोच हाम्रो भविष्यको एउटा अंश रहेको बताएका छन्।
क्लेन भिजनले दुई वर्ष लगाएर २० लाख युरोभन्दा कम खर्चमा एयर कार निर्माण गरेको बताएको छ।

क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजार मात्रै पाए पनि धेरै सफल हुने बताए।

वेस्ट अफ इङ्गल्यान्डमा विमान र हवाई उड्डयन अध्ययनकर्ता डा. स्टेफन राइटले एयरकारलाई सानो निजी विमानको उत्तराधिकारी बताए। उनको विचारमा अन्य विमानको तुलनामा यी हवाई कारहरू ठूलो आवाज निकाल्ने वा महँगो हुँदैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.