राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन युवा थुनामा

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन युवा थुनामा

दैलेख : राउटे समुदायका युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गर्ने तीनजना युवालाई बुधबार कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यहार गर्ने तीनजना युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला अदालत सुर्खेतका अनुसार राउटे युवतीमाथि यौन दुव्र्यवहारका आरोपित चोमन भन्ने चौमनबहादुर घर्ती, भुपेन्द्र बुढामगर र मिलन भन्ने मनबहादुर पुनलाई कारागार चलान गरिएको हो । उनीहरुलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी अपराध मुद्दामा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको थियो ।  ती युवाहरुले राउटे समुदायका दुई युवतीलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदाय हाल सल्यानको कालिमाटी गाउँपालिका–४ काल्व्ये स्थित किसान सामुदायिक वनमा बस्दै आएको इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.