कोभिड प्रभावित विपन्न वर्गलाई गाउँमै रोजागारी

कोभिड प्रभावित विपन्न वर्गलाई गाउँमै रोजागारी

दैलेख : कोभिड–१९ बाट प्रत्यक्ष मारमा परेका गरिब तथा विपन्न घरपरिवारले गाउँमै रोजगारी पाएका छन् । कोभिडको मारमा परेका ग्रामिण भेगमा बसोबास गर्ने नागरिकहरुले गाउँमै रोजगारी पाएका हुन् । 

दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका घर परिवारलाई युएसएआइडी मर्सिकोरको सहयोगमा सेवक दैलेखद्धारा सञ्चालित भकारी कार्यक्रममार्फत रोजगारी प्रदान गरिएको हो । कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गलाई लक्षित गरी दैलेख जिल्लाको कर्णाली करिडोरमा कार्यान्वयनमा छ । 

‘कामका लागि नगद’ कार्यक्रम अन्तरगर्त दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिका–२ सेरीपाटा र टमटान्लाका एक सय १४ घरधुरीलाई रोजगारी दिइएको छ । कोभिडको असर परेका तथा बेरोजगार रहेका व्यक्तिहरुले २१ दिनको रोजगारी पाएका हुन् । ठाटीकाँध गाउँपालिका र भकारी कार्यक्रमको ४० लाख बराबर लगानीमा खानेपानी योजना निर्माणको काम सम्पन्न हुनेछ । 

रोजगारी पाएकाहरुले सोहि खानेपानी योजना निर्माणको काम गर्नेछन् । उक्त दुई समुदायका काममा जान नसक्ने अपाङ्गता भएका व्यक्ति, सुत्केरी, बुद्धबृद्धा र विभिन्न व्यक्तिहरुलाई निसर्त रकम हस्तान्तरणको कार्यक्रम समेत सञ्चालन भएको कार्यक्रम संयोजक शैलेश कुमार मल्लले बताए । 

दुल्लु नगरपालिका–१३ औल भिनाडीमा ७० घरधुरी लाभान्वित हुनेगरी ८ लाख बराबरको ग्रामिण सडक सुधारको काम सञ्चालन भइरहेको मल्ले बताए । उनका अनुसार भैरबी गाउँपालिका–५ मिज्माखोलामा ६६ घरपरिवार लाभान्वित हुनेगरी ८ लाखको सिंचाई कुलो निर्माण कार्य भईरहेको छ । रोजगारीमुलक कार्यक्रम ठाटीकाँध गाउँपालिकामा अध्यक्ष धीरबहादुर शाहीर, दुल्लु नगरपालिकामा उपमेयर विष्णु थापा र भैरबी गाउँपालिका–५ मा वडाध्यक्ष हेमलाल जैसीले उद्घाटन गरेका थिए ।
 
दिर्घकालिन रुपमा विपद् तथा आपत्तकालिन अवस्थामा खाद्यान्न उपलब्धतामा सहयोग गर्नुका साथै आपत्तकालिन र विपद् जोखिम न्यूनिकरणमा काम गर्दै आएका भकारी कार्यक्र अन्य समुदायमा पनि सञ्चालन हुने मल्लले जानकाबरी दिए । ‘कामका लागि नगद’ कार्यक्रम अन्तरगर्त गाउँमै रोजगारी पाएकाहरुले कोरोनाका कारण समस्यामा परेका बेला जीविकोपार्जनमा राहत पुग्ने अपेक्षा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.