कोरोना संक्रमणबाट कांग्रेस नेता थापाको निधन

कोरोना संक्रमणबाट कांग्रेस नेता थापाको निधन

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपाली कांग्रेस दैलेखका नेता जगतजंग थापाको निधन भएको छ । वि.स. २००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका नेता थापाको ७३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ  । कोरोना संक्रमित भइ दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको आइतबार राती ३ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । 

उनी २०३० देखि २०३४ सम्म त्रिभुवन मावीका शिक्षक थिए । पञ्चायत कालमा युवक संगठनको भेरी अञ्चल संयोजक रहेका थापा २०५३ देखि २०५६ सम्म नेपाली कांग्रेस दैलेखको सभापति थिए ।

त्यसयता राजनीतिमा सक्रिय रहेका थापा २०७४ मा भएको कर्णाली प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनेका थिए । उनी लोकतान्त्रिक गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट प्रदेश सांसदको निर्वाचन लडेको थिए । उनले नेपाल बाल संगठनको सभापति, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थामार्फत समाज सेवा गरेका थिए । 

भद्र, शालिन र बौद्धिक राजनीतिज्ञको रुपमा स्थापित नेता थापा नेपाली कांग्रेसको महासमिति सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका सदस्य हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.