'तीज आयो बरी लै माइती' भिडियो सार्वजनिक
काठमाडौं : नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै गायिका सरद कुमारी श्रेष्ठको आवाजमा रहेको मौलिक तीज गीत 'तीज आयो बरी लै माइती” गीतको भिडियो सार्वजनिक भएको छ ।
नेपाली नारीहरुले भोगेको पीडा र मर्मलाई गीतमा समेटिएको छ । विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको बेदनालाई गीतमा समेटिएको छ । सरद कुमारी श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । विषन मान्धरले गीतमा एरेन्ज गरेका छन ।
विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन र राजेन्द्र विसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा आरोही चौलागाईको नृत्य तथा अभिनय रहेको छ ।