तेलुगुमा शिल्पाको इन्ट्री

तेलुगुमा शिल्पाको इन्ट्री

मुम्बई : भारतीय अभिनेत्री शिल्पा सेट्टीले तेलुगु चलचित्रमा काम गर्ने भएकी छन्। करिब २० वर्षपछि तेलुगु चलचित्रमा देखिन लागेकी शिल्पा महेश बाबु अभिनीत चलचित्र ‘एसएसएमबी २८’ बाट अभिनयमा फर्किन लागेकी हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको महत्त्वपूर्ण भूमिकाको लागि उनलाई अफर गरिएको छ। पछिल्लो समय चलचित्रमा भन्दा पनि विभिन्न ‘रियालिटी सो’मा जर्जको भूमिका निर्वाह गर्दै आएकी शिल्पा यसै चलचित्रमार्फत ठूलो पर्दामा फर्किने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

त्रिविक्रम श्रीनिवासको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा अभिनेत्री शिल्पाको भूमिका महेश कार्कीको रहेको जनाइएको छ। तर, शिल्पाले चलचित्रको विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भने गरेकी छैनन्। केही दिनअघि चलचित्रको मुख्य भूमिकाको दौडमा अभिनेत्री जान्हवी कपुर र पूजा हेगडे रहेको जनाइएको छ। सन् १९९६ मा ‘शशा विरुदु सागरा कन्या’ बाट शिल्पाले तेलुगु चलचित्रमा डेब्यु गरेकी थिइन्। उक्त चलचित्रमा बेंकटेस मुख्य भूमिकामा थिए। शिल्पा पछिल्लो पटक सन् २००१ मा प्रदर्शनमा आएको चलचित्र ‘भलेवादिवी बैसु’ मा देखिएकी थिइन्।

‘एसएसएमबी २८’ चलचित्र एस राधाकृष्णको होम प्रोडक्सन हरिका–हसिन ब्यानरमा बन्न लागेको हो। अथाडु र खलेजापछि महेश बाबु र श्रीनिवासको सहकार्यमा तेस्रो चलचित्र निर्माण हुन लागेको हो। यी दुवै ११ वर्षपछि तेलुगु चलचित्रमा सहकार्य गर्न लागेका हुन्। शिल्पा सेट्टीको बहुप्रतीक्षित यो चलचित्र सन् २०२२ को मध्यसम्ममा प्रदर्शनमा आउने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.