अमेरिकामा खुलेकी सुहाना

अमेरिकामा खुलेकी सुहाना

काठमाडौं : नायिका सुहाना थापा अहिले अमेरिकामा छिन्। लामो समयदेखि अमेरिकामा अध्ययन गरिरहेकी सुहाना नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि परिवारसँगै अमेरिका गएकी हुन्। केही वर्ष अगाडि नायिका झरना थापाले अमेरिकाको ग्रिन कार्ड लिएकी थिइन्। यसैले उनको परिवार अमेरिका जाने आउने गरिरहेको हुन्छ।

चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सकेपछि उनी आमा झरना थापा र पिता सुनिलकुमार थापासँगै अमेरिका पुगेकी हुन्। अमेरिका बसाइका क्रममा सुहानाले आफूले घुमेका विभिन्न स्थानका तस्बिर सामाजिक सञ्जालमा पोस्ट् गर्दै आएकी छन्। सुहानाका तस्बिरहरू उनले मात्र होइन, आमा झरनाले पनि समय समयमा सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छिन्।

अमेरिका घुमफिरकै क्रममा मंगलबार सामाजिक सञ्जालमा सेयर गरेको तस्बिर भने भाइरल बनेको छ। सेतो पोसाकमा सुहाना निकै खुलेको देख्न सकिन्छ। नायिका झरना थापाले छोरीसँग घुमफिर भन्दै पोस्ट् गरेको तस्वीरमा सुहानाले विभिन्न पोजमा तस्बिर खिचाएकी छन्। 

चलचित्र ‘ए मेरो हजुर ३’ बाट उदाएकी सुहाना पहिलो चलचित्र नै हिट भएपछि उत्साहित छिन्। उनले आफ्नै होम प्रोडक्शनको चलचित्रमा मात्रै काम गरिरहेकी छन्। उनलाई बाहिरी ब्यानरका केही चलचित्रबाट अफर आए पनि अहिलेसम्म त्यसलाई स्विकारेकी छैनन्। पहिलो चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि सुहानाको अभिनयको सर्वत्र प्रशंसा भएको थियो। यसपछि उनलाई बाहिरी ब्यानरको चलचित्रबाट पनि अफर नगरिएको होइन तर, सुहानाले भने आफ्नै होम प्रोडक्सनको चलचित्रबाट निखारिएपछि मात्रै बाहिरी चलचित्रमा काम गर्ने बताउँदै आएकी छन्। 

सुहाना आफ्नो दोस्रो चलचित्र ‘ए मेरो हजुर ४’ को रिलिजको प्रतीक्षामा छिन्। चलचित्र यही भदौमा रिलिज गर्ने योजना रहेको निर्माणपक्षले बनाए पनि कोरोना भाइरसको महामारीका कारण बन्द भएका हलहरू अहिलेसम्म खुलिनसकेकाले भदौमा ‘ए मेरो हजुर ४’ रिलिज हुन्छ भन्नेमा द्विविधा नै छ। झरना थापाको निर्देशनमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सलोन बस्नेत र सुहाना थापा मुख्य भूमिकामा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.