खुलामञ्चमा पार्क निर्माण रोक्न उच्च अदालतको आदेश

खुलामञ्चमा पार्क निर्माण रोक्न उच्च अदालतको आदेश

सुर्खेत : वीरेन्द्रनगरको खुलामञ्चमा पार्क निर्माणको काम रोक्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । घण्टाघर र जिल्ला समन्वय समितिको कार्यालयको बीचमा रहेको खुलामञ्चको जग्गामा कुनै पनि संरचना नबनाउन अदालतले आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिकाले असारे बजेट सक्न रातारात खुलामञ्चको जग्गामा पार्क निर्माणको काम थालेको थियो ।

उपत्यका नगर विकास समितिको मातहतमा रहेको खुलामञ्चको जग्गामा कुनै पनि संरचना बनाउनु उपत्यकाको गुरुयोजना विपरित हुनेसमेत अदालतले ठहर गरेको छ । विस २०३६ सालमा नगर विकास समितिले खुलामञ्चकै लागि सो क्षेत्रको जग्गा अतिक्रमण गरेको थियो । यस्तै नगर विकास समितिको गुरुयोजनामा पनि उक्त खुलामञ्जलाई सार्वजनिक खुला मैदानको रुपमा नै विकास गरिने उल्लेख छ । तर सोही गुरुयोजनाको भावना विपरित पार्क निर्माण हुन थालेपछि उच्च अदालतमा रिट दर्ता भएको थियो । 

उक्त रिटमा सुनुवाइ गर्दै बिहीबार उच्च अदालत सुर्खेतले पार्क निर्माणको काम रोक्न र खुलामञ्चलाई साँघुरो हुने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको संयुक्त इजलासले खुलामञ्चमा पार्क निर्माण नगर्न नगरपालिकाको नाममा अन्तरिम आदेश दिएको हो । नगरपालिकाले गुरुयोजना विपरित खुलामञ्चलाई पार्क बनाउन थालेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका थिए । 

अदालतको आदेशमा भनिएको छ,‘दैविक प्रकोप, सार्वजनिक कर्यक्रम सञ्चालन र वातावरणीय स्वच्छताका लागि सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनामा सो स्थानलाई सार्वजनिक क्षेत्रको रुपमा राखिएको र सो खुला क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्नु वीरेन्द्रनगर नगरपालिकाको कतव्र्यसमेत भएकोले सो खुला क्षेत्रमा प्रवेश र सोको वपरिपरी फुटपाथ, ढल निकास, सरसफाइ, बृक्षारोपण र खुला स्थानको सौन्दर्यीकरण गर्ने बाहेक गुरुयोजनाको मर्मविपरित हुनेगरी खुला स्थानको क्षेत्रफल साँघु¥याउने गरी कुनै पनि कार्य नगर्नु÷नगराउनु ।’ 

अदालतको यो आदेशसँगै अब नगरपालिकाले खुलामञ्चलाई अतिक्रमण गरेर कुनै पनि निर्माण तथा संरचना गर्न पाउने छैन । संघीय सरकारको वन तथा वातावरण मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा करिव एक करोड बराबरको लागतमा यहाँ पार्क निर्माण गर्न लागिएको थियो । खुलामञ्च ठूला आमसभा, चाडपर्व, महायज्ञ, मेला महोत्सव, भूकम्प, बाढीपहिरो र महामारजस्ता आपत्तविपद्मा प्रयोग गर्न सकिने एकमात्र स्थान हो । मञ्चमा साढे एकलाख नागरिक अटाउने क्षमता छ । तर अदालतको आदेश आउनु अघि नै नगरपालिकाले खुलामञ्चमा पार्क निर्माणको काम गर्दा आधा करोड बजेट खर्च गरिसकेको छ । 

‘हामीले पार्क निर्माण गर्न झण्डै एक करोडको लागतमा ठेक्का दिएको थियौँ’ नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले भने, ‘अहिलेसम्म झण्डै ५० लाख खर्च भइसकेको छ ।’ बृक्षारोपण, कम्पाउण्डिङ लगायतका कार्यमा सो रकम खर्च भएको बताइएको छ । ‘खर्चको सम्पूर्ण विल त पास भइसकेको छैन’ उनले भने, ‘अनुमानित ५० लाख जति खर्च भयो होला ।’ करिव ५० लाख बराबरको रकम भुक्तानीका लागि फाइल आएको उनले बताए । मञ्चको संरक्षणका लागि डिपिआर बनाउन मात्रै चार लाख रुपैयाँ खर्च भएको थियो । डीपीआरको भुक्तानी भने भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.