स्वरुपराजको 'डाँडाघरे साइली' (भिडियो )
काठमाडौं : गायक स्वरुपराज आचार्यको स्वर रहेको लोकदोहोरी 'डाँडाघरे साइली' गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार श्रीकृष्ण बम मल्लको संगीत,गीतकार कृष्ण केसीको शब्दमा र गायिका लक्ष्मी मल्लसँगको सहकार्यमा स्वरुपले पहिलो पटक लोकदोहोरी गीत गाएका हुन्।
संगीत संयोजक कृष्ण विक भान्जाको संगीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोले गरेको हो। गीतको अडियो सम्पादन श्याम स्वेत रसाइलीले गरेका हुन्।
गीतको भिडियोमा मौलिक दृश्यलाई बढी जोड दिइएको छ । भिडियोमा गाउँमा हुने यथार्थ र मौलिक कथालाई मुख्य विषयवस्तुका रुपमा जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस !
