समाचार आएपछि मेयर भन्छन् - भ्रम फैलाएर जनता भड्काउने काम गरियो

वीरगन्ज : वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले बीपी उद्यान निर्माणको विषयलाई लिएर केही व्याक्तिले भ्रामक हल्ल फैलाएर जनता भड्काउने काम गरेको आरोप लगाएका छन्।
वीरगन्जको घण्टघार छेउको १० बिघा जग्गामा बीपी उद्यान बनाउनुको सट्टा महानगरले सवारी पार्किङ स्थलका लागि कंक्रिट ढलान गर्न थालेको समाचार आइतबार अन्नपूर्णमा प्रकाशित भएको थियो।
महानगरले बीपी उद्यानको जग्गामा उद्यानको सट्टा पार्किङ स्थलका लागि पक्की संरचना बनाउन थालेको भन्दै सामाजिक सन्जालमा पनि चर्को आलोचना भएको थियो।
सामाजिक सन्जाल र सन्चारमाध्यमममा चर्को आलोचना विरोध भएपछि आइतबार दिउँसो नगर प्रमुख सरावगीले पत्रकार सम्मेलन असन्तुष्टि जनाएका हुन्।
यातायात संस्थानसँग महानगरपालिकाले खरिद गरेको जग्गामा बीपी उद्यान नै निर्माण गरिने प्रष्ट पार्दै नगर प्रमुख सरावगीले भने, ‘त्यहा बीपी उद्यान नै बनाइन्छ, कोही भ्रममा पर्नु पर्दैन।’
महानगरले जग्गा मात्रै उपलब्ध गराएको र उक्त जग्गामा सहरी विकास मन्त्रालयले ९५ लाखको लागतमा सभागृह सहित बीपी उद्यान निर्माण गर्न थालेको उनले बताए।
मन्त्रालयले अहिले ४ करोड रुपैयाँमा मात्र पठाएकोले उद्यान निर्माणका लागि रकम अपुग भएकाले पहिलो चरणमा पार्किङस्थलको काम सुरु गरिएको उनले प्रष्ट पारे।
२०७५ माघ १७ गते प्रदेशका मुख्यमन्त्रीले बीपी उद्यानको नाम परिवर्तन गरेर मधेसी शहिद पार्क निर्माण गरिने भन्दै शिलान्याश गरेका थिए। तर, मेयर सरावगीले बीपी उद्यानन नै बन्ने प्रष्ट पारे।
प्रतिक्रिया दिनुहोस !
