विपी उद्यानमा पार्किङस्थलको काम रोक्न उच्च अदालतको अन्तरिम आदेश

विपी उद्यानमा पार्किङस्थलको काम रोक्न उच्च अदालतको अन्तरिम आदेश

वीरगन्ज : वीरगन्जको घण्टाघरस्थित विपी उद्यानको जग्गामा अहिले भइरहेको पार्किङस्थल निर्माण कार्य तत्कालका लागि रोक्न वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलासले मङगलबार अन्तरिम आदेश जारी गरेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयलाइ विपक्षी बनाइ कांग्रेसका युवा नेता धिरज गुप्ताले वीरगन्जस्थित उच्च अदालतको अस्थायी इजलासमा सोमबार रिट निवेदन हालेका थिए । 

त्यहि रिटको मङगलबार सुनुवाइ गर्दै उच्च अदालतको अस्थायी इजलासका न्यायाधीश शान्ता सेढाइ सापकोटाको विपी उद्यानमा उद्यान बाहेक सवारी पार्किङस्थलसहित अन्य कुनै पनि निर्माण कार्य तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

यसका साथै अदालतले साउन ६ गते निवेदक गुप्ता र विपक्षी वीरगन्ज महानगरपालिकाको कार्यालयल दुवै पक्षलाइ आवश्यक सबुत प्रमाणका कागजातसहित उपस्थित हुन पनि आदेश जारी गरेको छ ।

महानगरको स्वामित्वमा रहेको उक्त जग्गा, विपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने भनेर जग्गाको मालोप पुर्जामा नै लेखिएको छ । तर वीरगन्ज महानगरपालिकाले उद्यान निर्माण नगरि सवारी पार्किङस्थल निर्माणका लागि कंक्रीट ढलान गरेर प्राकृतिक संरचना मास्ने काम गरिरहेकाले त्यस विरुद्ध आफूले अदालतमा रिट निवेदन हालेको रिट निवेदक गुप्ताको  भनाइ छ ।  
 
वीरगन्ज महानगरपालिकाले भने विपी उद्यानको जग्गामा उद्यान नै बनाइने बताएको छ । उद्यान निर्माण गरिएपछि त्यहाँ घुम्न आउनेहरुको सवारी साधन पार्किङका लागि पार्किङस्थल आवश्यक पर्ने भएकाले अहिले त्यहा पार्किङस्थल निर्माण भइरहेको महानगरको भनाइ छ ।

कुल १० बिघा जग्गामा ६ बिघामा उद्यान , २ बिघामा खुल्ला मञ्च , २ हजार मानिस बस्न सक्ने क्षमताको सभागृह र बाँकी जग्गामा पार्किङस्थल निर्माण गरिने महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताए । 

विपी उद्यानको जग्गा महानगरपालिको स्वामित्वमा रहेको भन्दै नगरप्रमुख सरावगीले भने ,‘ महानगरले जग्गा मात्रै उपलब्ध गराएको हो , उद्यानको सबै संरचना शहरी विकास मन्त्रालयले निर्माण गर्ने हो , त्यसका कारण यस विषयसंग  महानगरपालिकालाइ जोडेर भ्रम फैलाउदै नगरवासीलाइ उत्तेजित नपार्न आग्रह गर्छु ।  

महानगरले विपी उद्यानको जग्गामा उद्यानको सट्टा पार्किङ स्थलका लागि पक्की संरचना बनाउन थालेको भन्दै  सामाजिक सन्जालमा पनि चर्को आलोचना र विरोध भएपछि आइतवार नगर प्रमुख सरावगीले पत्रकार सम्मेलन नै गरेर आलोचना र विरोध प्रति असन्तुष्टि जनाएका थिए । 

सरावगीले वास्तविक कुरै नबुझेर केहि व्याक्तिले विपी उद्यानको बारेमा सामाजिक सन्जालामा गलत हौवा फैलाएर जनतालाइ भड्काउन खोजेको बताएका थिए । 
यातायात संस्थानसंग महानगरपालिकाले खरिद गरेको जग्गामा विपी उद्यान नै निर्माण गरिने प्रष्ट पार्दै नगर प्रमुख सरावगीले भनेका थिए ,‘ त्यहा विपी उद्यान नै बनाइन्छ , त्यसैले कोहि पनि भ्रममा पर्न जरुरी नै छैन । 

महानगरले जग्गा मात्रै उपलब्ध गराएको र उक्त जग्गामा शहरी विकास मन्त्रालयले ९५ लाखको लागतमा सभागृहसहित विपी उद्यान निर्माण गर्न थालेको उनले बताएका थिए । 

मन्त्रालयले अहिले ४ करोड रुपैयामा मात्र पठाएकोले उद्यान निर्माणका लागि रकम अपुग भएकाले पहिलो चरणमा पार्किङस्थलको काम सुरु गरिएको उनले प्रष्ट पारेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.