छोरीलाई बलात्कार गरेको कसुरमा बाबुलाई जन्मकैद

छोरीलाई बलात्कार गरेको कसुरमा बाबुलाई जन्मकैद

बाजुरा : १४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बाजुराले बुढीगंगा नगरपालिकाका ६७ वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ। जिल्ला अदालत बाजुराका न्यायाधीश माधबप्रसाद घिमेरेको असार ३१ गतेको इजलासले छोरीलाई जबरजस्ति करणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ वर्ष कदै र ५० हजार नगद जरिवाना तोकेको छ। 

बुवाले छोरीलाई बलात्कार गरेपछि गर्भ रहेको घटना बाहिर आएपछि बालिकाका दाईले ०७७ साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही दिन आरोपितलाई पक्राउ गरी सरकारी वकिल कार्यालयमार्फत ०७७ साउन २२ गते जिल्ला अदालत बाजुरामा जबरजस्ति करणी र हाडनाताकरणी अन्र्तगत मुद्धा दर्ता भएको थियो। 

बालिकाले महिनावारी हुन लागेको १ वर्ष भएको थियो। पीडित बालिकाका अनुसारर आमा गाई भैँसी लिएर अन्यत्र बस्ने गरेकी थिइन्, घरमा कोही नभएको बेला आफुमाथि बाबुले करणी गरेको बताएकी छन्।

१ हप्तासम्म घरभन्दा बाहिर जान दिएन्, करणीको बेला पनि मुख छोपेको ती बालिका न्यायका लागि मार्तडी पुगेको बेला बताएकी थिइन्। बालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचमा पुगेकी थिइन्। त्यहाँ स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.