वडा अध्यक्ष, सदस्यसहित ३ जना लागु्औषधसहित पक्राउ

वडा अध्यक्ष, सदस्यसहित ३ जना लागु्औषधसहित पक्राउ

वीरगन्ज : पर्सामा वडा अध्यक्ष, वडा सदस्यसहित ३ जना लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका १ का वडाअध्यक्ष ५५ वर्षीय अमेमरीका सहनी, त्यही वडाका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र वडा अध्यक्ष अमेमरीका नजिकका मान्छे ५२ वर्षीय रामआदेश सहनी खैरो हेरोइनसहित पक्राउ परेका हुन् । 

तीनैजनालाई ७९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । वडा अध्यक्ष अमेरीका र वडा सदस्य बलिष्टर दुवैजना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा जनप्रतिनिधिले लागुऔषध ओसारी रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका १९ बर्वास्थित सडकखण्डबाट आइतबार राति तीनैजनालाई पक्राउ गरेको हो । 

बर्वास्थित तिलावे पुल नजिक सडकमा प्रहरीले वडा अध्यक्ष अमेरीकाले चलाइरहेको गाउँपालिकाको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको फिल्टर बक्सभित्र लुकाएर राखिएको ७९ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । 

त्यहि मोटरसाइकलमा सवार वडा अध्यक्षका नजिकका मान्छे ५२ वर्षीय रामआदेश र वडाध्यक्षकै पछाडि आइरहेका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार वडासदस्य बलिस्टर सहनीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । 

तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा वडा सदस्य बलिष्टरले भने लागूऔषध तस्करीको स्कर्टिङ गरिरहेको खुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । 

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले भने जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए । अहिले खैरो हेरोइनसहित पक्राउ परेका वडा अध्यक्ष अमेरीका १२/१३ वर्ष पहिले पनि लागुऔषध गाजा ओसारपसारमा संलग्न रहेको आरोपमा कैद सजाय भुक्तान गरी छुटेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.