मास्क एक फाइदा अनेक

मास्क एक फाइदा अनेक

चाबहिलमा बस्ने गीताले सुकेधारा बस्ने हरिलाई फोन गरी लकडाउनले घरमा बस्दा दिक्क भएकाले भित्रीबाटो तिमीलाई भेट्न आउँछु भनिन्। मास्क त छ नि यहाँ चोकमा प्रहरीले देख्यो भने एक हजार जरिवानासहित एउटा मास्क दिएर दिनभर चोकमै उभ्याइदिन्छ नि। हरि भन्दै थिए। यो यथार्थ आममानिसकै बनेको छ यतिबेला। प्रहरीलाई देखाउन मास्क बोक्ने होइन, आफ्ना र अरूको जीवनका लागि लगाउने हो भन्ने बुझाइ हुनु सबैका लागि खुसीको कुरो हो।

इतिहास 
सामाजिक दूरी कायम गर्ने सिद्धान्तको पछाडि सन् १९३४ मा सरसफाई प्रविधिका वैज्ञानिक बिल वेल्सद्धारा विकसित एउटा काल्पनिक ग्राफ वेल्स ग्राफ हो। उनको विचारमा मानिसले खोक्दा वा हाँच्छ्यु गर्दा तिनले असंख्य मात्रामा श्वास थोपा पैदा गर्छन् र निस्केको रेस्पीरेटोरी ड्रपलेट भुइँमा खस्नलाई एक गुरुत्वाकर्षण र अर्काे बाष्फीकरणले असर पार्दछ। सन् २००७ मा हङकङ विश्वविद्यालयमा स्याओच्यान सिएको टोलीले गरेको एक प्रयोगमा सामान्यत यस्तो थोपा दुई मिटर परसम्म पुग्न सक्छ।

पछिल्लो पटक सन् २०२० मा म्यासाचुसेटस इन्स्टिच्युट अफ टेक्नोलोजीका लिदिया बुरैबाको खोजमा जोडले हाँच्छ्यु गर्दा थोपाहरू ८ मिटर परसम्म पुग्छन्।भाईरल ज्वरोबाट जोगिन सामान्य अवस्थामा दुईमिटरको सामाजिक दूरीले काम गरे पनि संक्रमित मानिसले खोक्दा हाँच्छ्यु गर्दा दूरी पुग्दैन।साथै रोगीको सेवामा खट्नेले दूरी कायम गर्न सम्भव नभएकाले नाक मुख छोप्ने गरी लाउने फेसियल मास्क सुझाइएको हो।अस्पतालहरूमा मास्क लगाउने चलन मन्चुरियन फ्लू सन् १९१०–११ ताका र स्पेनिस फ्लू सन् १९१८–१९ देखि भएको देखिन्छ।युरोपतिर बुबोनिक प्लेग सन् १३४६–५३ का बेला पनि चराको ठुँडजस्तो बास्नादार तेल राखिएको मास्क लगाउने गरेको चित्र संग्रहालयहरूमा देख्न पाइन्छ।श्वासका थोपाबाट रोगका कीटाणु सर्छन् भन्ने कुरा सन् १८९० पछिको विज्ञान हो।

महामारीबाट छुट्कारा पाउन मास्क कत्तिको सहयोगी भन्नेमा जुन २०२० मा अमेरिकाको मिसौरीमा कपाल बनाउने दुई जना कर्मचारी र तिनका परिवारमा कोभिड पोजेटिभ देखिँदा पनि ग्राहक बचेछन्। किनभने ती कर्मचारीले दुईवटा मास्क लगाएर काम गर्दा रहेछन्।नेचर जर्नलमा प्रकाशित यो सानो समाचारले ठूलो संकेत दियो। थुप्रै खोजमध्ये एक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित ८४ वटा खोजपत्रको समीक्षामा मास्कले संक्रमण घटाउँछ जुन कुरा अधिकांश मानिसलाई थाहा छ तर पनि लाउन अल्छी र लाएपनि सही तरिकाले लगाउँदैनन्।तथापि पछिल्लो समय मास्कको विज्ञान कोरोनाकालमा राजनीतिसँग जोडियो। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लीकनहरू मास्क नलगाउने,डेमोक्रेटिकहरू मास्क लगाउने गरे।

मास्कका प्रकार
सुरुआती समयका सर्जिकल मास्क एक पत्रको गज कपडाबाट बनाइने भएकाले मास्क खुकुलो हुन्थ्यो। त्यसैलेश्वासप्रश्वासका माध्यमबाट सर्ने रोग, वातावरण प्रदूषणका कारण हावामा भएका सूक्ष्म तथा जैविक विषाक्त कणजस्ता वस्तुहरूबाट बचावट गर्न सक्दैनथ्यो।पछिल्लो समयमा यावत समस्याहरूलाई सम्बोधन गर्न बनाउने र लगाउने प्रचलनको विकास सन् १९६० को दशकतिर भएको हो।बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट मास्क लगाउने व्यक्तिलाई सुरक्षा प्रदान गर्ने मास्क फिल्टरि फेसपीस रेस्पिरेटर्स एफएफआर भनिन्छ। एफएफआर अनुहारको आकारअनुसार राम्रोसँग कस्सिने गरी लगाउन सके रोगको महामारीमा खटिने स्वास्थ्यकर्मी स्वास्थ्य आकस्मिकताका समयमा हावामा भएका सूक्ष्मजीवहरू,विषाक्त कणहरू छिर्नबाट ९४ देखि ९५ प्रतिशतसम्म बच्न सक्छन्।

प्रयोगको तरिका   
मास्क लगाउँदा मास्कमा भएको डण्डीको भाग नाकको डाँडीमाथि पर्नेगरी लगाउने,लगाइसकेपछि मास्कको डण्डीको भागलाई बाहिरबाट अलिकति थिच्नुपर्छ,जसले किटाणुलाई सजिलै छिर्न दिँदैन।मास्क लगाउनुपूर्व साबुनपानी वा अल्कोहलयुक्त स्यानीटाइजरले हात धुने,मास्क लगाउँदा नाक–मुख पूर्णरूपमा छोपिने गरी लगाउनुपर्छ।टम्म मिलाएर मास्क लगाउनुपर्छ।लगाएको मास्कलाई हातले नछुने,यदि छोइएमा तुरुन्त साबुनपानी वा अल्कोहलयुक्त स्यानीटाइजरले हात धुनुपर्छ।

मास्क लगाउँदा न त शरीरमा अक्सिजनको कमी हुन्छ न त कुनै बेफाइदा हुन्छ। तसर्थ सधैं मास्क लगाऔं।कोरोनाको दीर्घकालीन खोप र ओखती भनेकै मास्क हो।

मास्क भिजेपछि छिटोभन्दा छिटो नयाँ मास्क फेर्नुहोस्,यसो गर्दा मास्कको डोरीमा समाएर खोल्नुपर्छ अनि सुरक्षित तरिकाले उचित स्थानमा बिसर्जन गरी हात धुनुपर्छ। मेडिकल मास्क ६ देखि ८ घण्टा मात्रै प्रयोग गर्ने र मास्क मिलाउने बहानामा पटक पटक हात नाक र मुखमा लैजानहँुदैन।यदि लैजानपरे साबुनपानीले हात धोएर वा स्यानीटाइजरको प्रयोग गर्न जरुरी छ।

प्रभावकारिता
कोभिड १९ का बिरामीको थुक, र्‍याल, खोकी र हाँच्छ्युका छिटा हावा,हात हँुदै नाक,मुख र आँखाका माध्यमबाट सर्ने भएकाले बिरामीको सम्पर्कमा आउँदा संक्रमण रोक्न प्रभावकारी सबैभन्दा सजिलो,सस्तो र वैज्ञानिक उपाय अनिवार्य मास्क हो। मास्क बिरामीले मात्र होइन, सबैले लगाउनुपर्छ किनभने कसको शरीरमा रोग छ भनेर सहजै अनुमान लगाउन सकिँदैन।मास्कले सर्ने माध्यम रोक्ने भएकाले सार्स,मर्स,ईन्फ्लुएन्जाजस्ता संक्रमणका बेला चीन,हङकङ,कोरिया,जापान, ताईवान, सिंगापुर र पाकिस्तानमा भएका सयभन्दा बढी खोजले ८५ प्रतिशत कम गरेको देखाएका छन्।मास्क लगाउँदा मुखबाट भाइरसयुक्त छिटा कम निस्की अरू संक्रमित हुने संभावना निकै कम हुन्छ।यदि कोही संक्रमित भइहाले पनि थोरै मात्रामा भाइरसयुक्त छिटा शरीरभित्र प्रवेश गरेका कारण हल्का बिरामी र छिट्टै निको हुने संभावना हुन्छ।प्रदूषण नियन्त्रण गर्न धँुवा निकाल्ने चिम्नीको प्रतिबन्ध जस्तै हो मास्कको प्रयोग।मास्क हावाबाट सर्ने रोगहरू जस्तै क्षयरोग,सार्स,मर्स,एभियन ईन्फ्लुएन्जा,स्वाईन फ्लू र कोभिड १९ रोकथाममा प्रयोग गरिन्छ।सबैले मास्क प्रयोग गर्नुपर्ने कानुन,सांस्कृतिक मान्यताको खाँचो पर्छ। तसर्थ मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ र तिम्रो मास्कले मलाई भन्ने नीति अवलम्बन गर्नुपर्छ।

मास्क माउथ सिन्ड्रोम
कोरोना महामारीभन्दा अगाडि दैनिक र लामो समयसम्म कहिल्यै मास्क नलगाएकाहरूले मास्क लगाउँदा केही अप्ठ्यारो हुन्छ नै। त्यस्ता अप्ठ्याराहरूमा सामान्यतः मास्क लगाएको केहीछिनमै टाउको भारी भएजस्तो हुन्छ। सास फेर्न अलि कठिन भएजस्तो हुन्छ। नाकबाट भन्दा मुखबाट सास फेर्न सजिलो लाग्छ,मास्कभित्र मुख प्रायः आफ्नै बस्छ। मास्कले ढाकेको भाग चिलाएजस्तो लाग्छ।आँखा पोलेजस्तो लाग्छ र मास्कको तुनाले कान दुखाउँछ।निरन्तर प्रयोगले दन्तस्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव बढी छ।महामारी लम्बिरहँदा लामो समय मास्क लगाउँदा आइपर्ने दाँत तथा मुख स्वास्थ्य समस्यालाई मास्क माउथ सिन्ड्रोम भनिन्छ। सामान्य लक्षणहरूमा मुख सुख्खा हुन्छ, जसले गर्दा मुख खोल्न,बोल्न,खान र निल्न अप्ठ्यारो हुन्छ। समस्या लामो समय रहे दाँतमा कीरा लाग्नुका साथै मुखभित्र घाउ,खटिरा र संक्रमण देखिनसक्छ।

मास्क एक फाइदा अनेक
मास्क लगाएपछि कोभिड १९ भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्नसक्ने संभावना कम गर्छ। धेरैलाई संक्रमित हुनबाट बचाउँदै संक्रमण चक्र तोड्छ।एक अर्काप्रतिको सम्मान भाव झल्किन्छ,सामाजिक शिष्टाचार झल्काउँछ। जीवन नवसामान्यीकरण बनाउँछ। आर्थिक गतिविधि सहज भई बढ्छ। कोभिड १९ मात्र नभई अन्य सरुवा रोग धुलो,धँुवाबाट पनि बचिने भएकाले शारीरिक स्वस्थता बढ्छ। मास्क लगाउँदा न त शरीरमा अक्सिजनको कमी हुन्छ न त कुनै बेफाइदा हुन्छ। तसर्थ सधैं मास्क लगाऔं।कोरोनाको दीर्घकालीनखोप र ओखती भनेकै मास्क हो।अहिलेको बेला मास्क नलगाई बाहिर निस्किनेलाई कुरी कुरी गर्दै कम्मरमुनि निर्वस्त्र बाहिर निस्कनुभन्दा गम्भीर मानौं र भनौं।केहीबेर छुच्चो हँुदा घरसमाज बच्छ भने छुच्चो भई आफू बचौं र अरूलाई बचाऔं।
- लेखक नेपाल चिकित्सक संघकाकोषाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.