उदयपुरमा ७३ प्रतिशत रोपाइँ

उदयपुरमा ७३ प्रतिशत रोपाइँ

उदयपुर : समयमा नै मनसुन सक्रिय भएर नियमित वर्षा भइदिँदा यस वर्ष उदयपुरमा उत्साहजनक रूपमा रोपाइँ भइरहेको छ। 

हालसम्म ७३ प्रतिशत धान रोपाइँ सकिएको छ। आकाशे भारमा रहेका खेतीयोग्य जमिनमा समेत धमाधम रोपाइँ भइरहेको छ। साउनको पहिलो साता बितिसक्दा तराई क्षेत्रमै लगभग ९० प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्रका बालिविकास अधिकृत अनिश मुडभरीले बताए। 

‘माथिल्लो भू–भागमा पाकिसकेको चैते धान थन्क्याउन समय लाग्ने भएकाले रोपाइँ केही ढिला हुन्छ,’ उनले भने, ‘ताप्ली, लिम्चुङ्गबुङसमेतका स्थानमा यतिबेला चैते धान थक्याउने बेला हो।’ केही स्थानमा भने चैते धान थन्क्याइसकेर रोपाइँ थालिसकिएको उनले बताए। 

मुडभरीका अनुसार बेलैदेखि नियमित वर्षा भइरहेकाले आकाशको भरमा खेती गर्नुपर्ने जमिनमा भने रोपाइँ सकिने चरणमा छ। ज्ञान केन्द्रको तथ्यांकअनुसार उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। 

असारको सुरुवातमै रोपाइँ सकिएका मुर्कुची, नेपालटार लगायतका स्थानमा भने गोडमेलकै बेला भइसकेको छ। भित्री मधेसअन्तर्गत रहेको उदयपुरको कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगिदह, बेल्टार, बसाहा, सुन्दरपुर, रामपुर ठोक्सिला, मुर्कुची लगायतका क्षेत्रमा असारको अन्तिम सातासम्म प्राय रोपाइँ सकिन्छ।  उदयपुरमा वार्षिक ५८ हजार नौ सय ५८ मेट्रिक टनभन्दा बढी धान उत्पादन हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.