तिज गीतबाट चर्चा बटुल्दै हाँस्यजोडी (भिडियो)

तिज गीतबाट चर्चा बटुल्दै हाँस्यजोडी (भिडियो)

नुवाकोट : एक दशकदेखि कलाकारितामार्फत् लाखौं दर्शक हसाउँदै आएका हाँस्य कलाकारहरुले कोभिड–१९ ले थिलथिलो पारेको मनोरञ्जन बजारलाई उचालेर तताएका छन्। लामो समयदेखि एकैसाथ देखा पर्दै आएका हाँस्य कलाकारहरुले चाडपर्वको मौका छोपेर आफ्नो कलाकारितालाई नयाँ प्रयोगमा उतारेका हुन्। 

गोरखाका मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवे र तनहुंका राजु पौडेल उर्फ राजु मास्टरले हास्य जोडी बाँधेको झण्डै डेढ दशक हुन लाग्यो। हाल उनीहरु एकैसाथ हल्का रमाइलो हास्य टेलिश्रृंखला र सामाजिक विषयवस्तु समेटिएको जुठे टेलिफिल्ममा व्यस्त रहेका छन्। कोरोनाको महामारी मत्थर हुन लाग्दा यो जोडीले आफ्नो कलाक्षेत्रमा नयाँ परिचय थपेका छन्। 
मरिचमानले लोकभाकामा तिज गीत गाएका छन् भने उनीसँगै राजु मास्टरले नाचेका छन्। बल्छी ध्रुवेलाई राजुकी श्रीमती सपना घिमिरे पौडेलले गाएर र सँगै नाचेर साथ दिएकी छन्। 

यसअघि दर्शक हँसाउदा हंसाउँदै कहिले रुवाउने गर्दै आएका बल्छी ध्रुवेले यस पटकको यो वर्खामा आफ्नो परिचय थपेका छन्–गायक बनेर। उनी र सपना घिमिरे पौडेलले गाएको गीतलाई हल्का रमाइलोकै कलाकारहरुले नाचेर सुन्दरता थपेका छन्। 

पारी बन हरियो सल्लाघारीले, कति राम्रो सुहाको रातो सारीले बोलको तिज गीत गाएर बल्छी ध्रुवेले यस पटक महिला दिदीबहिनीहरुको मन जित्न थालेका छन्। हरितालिका तिजको अवसर पारेर नेपाली संगीत बजारमा एकपछि अर्को गित बजारमा आइरहेका छन्। तर, बल्छी ध्रुवे र सपना घिमिरेले गाएको गीतको मौलिकताले आम नेपाली जनमानस महिला मात्रै नभई पुरुषको पनि मन जित्ने दावी यसै गीतको म्युजिक भिडियोका निर्देशक दीपेन्द्र तिमिल्सिनाले बताए। 

तिजको यो मेलोमा आएको यो गीतले नेपाली गीत संगीतमा थप आयाम थपेकी छन् सपना घिमिरे पौडेलले। राजु मास्टरकी जीवनसंगिनी सपनाको आफ्नै शब्द र  संगीतमा“पारीबन हरियो”बोलको गीतको म्युजिक भिडियो राजु मास्टर टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ।

यस गीतमा सपना घिमिरे पौडेल र मरिचमान श्रेष्ठको ग्रामीण भाकायुक्त स्वरमा गुन्जिएको छ। सपना घिमिरेको यो तिज गित पहिलो हो भने यसभन्दा पहिला “मेरो रातो गलबन्दी”बोलको गित गाइसकेकी छन्। 
सुदिप सागरको संगीत संयोजन रहेको यस गीतको रेकर्ड वन डिबि रेकर्डिङ स्टुडियोमा भएको हो। अनुभवी निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा तयार भएको म्युजिक भिडियो सौरभ लामाले छायांकन गरेका हुन्।

यस ग्रामीण परिवेश समेटिएको म्युजिक भिडियोमा राजु मास्टर, बल्छि, अनिता बस्नेत, सविना आचार्य तथा राजु मास्टकी पत्नी सपना घिमिरेका साथ निर्देशक दिपेन्द्र तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। मनोज कार्कीले सम्पादन गरेको सो गीतलाई आम नेपाली भाषी महिला तथा पुरुषहरुले मन पराउन थालेको म्युजिक भिडियोका निर्मातासमेत रहेका कलाकार राजु पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.