भैंसीलाई घाँस दिन गोठमा जाँदै गरेकी महिलाको हत्या

भैंसीलाई घाँस दिन गोठमा जाँदै गरेकी महिलाको हत्या

जाजरकोट: रुकुम पश्चिमको छहरेमा एक महिलाको हत्या भएको छ ।

त्रिवेणि गाउँपालिका–४ छहरेस्थित अन्दाजी २६ वर्षीया मनकला खत्री खड्काको गत राति घरमै हत्या भएको हो । भैंसीलाई घाँस हाल्न गोठतिर जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनले देखाएको छ ।

मृतकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न सोमबार बेलुका सात बजेतिर गएकी उनी लामो समय नफर्केपछि परिवारमा उनको खोजी गरिएको थियो ।

खोज्ने क्रममा राति १० बजेतिर उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरी राति १२ बजे घटनास्थल पुगेको थियो । उनको शव गोठ भन्दा केही  तल कान च्यातिएको, नाकमा धारिलो हतियार प्रयोग भएको र मृतक रगताम्य अवस्थामा फेला परेको प्रहरी प्रमुख श्रेष्ठले बताए । हत्याराले उनीले लगाएका गरगहना पनि लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनास्थल शील गरी अनुसन्धान गरिरहेको बताएको छ । हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार अहिले घटनाबारे केही स्थानीयलाई सोधपुछ गर्ने काम चलिरहेको छ ।

शव रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाइएको डिएसपी श्रेष्ठले बताए । कुकुर पुगेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । प्रारम्भिक चरणमा घटनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए । मृतकका सात वर्षीय एक छोरा र सासूआमा घरमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.