मनकला हत्या प्रकरण: एकै घरका ३ जना प्रहरी नियन्त्रणमा, अनुसन्धानका लागि बाँकेबाट कुकुर मगायो

मनकला हत्या प्रकरण: एकै घरका ३ जना प्रहरी नियन्त्रणमा, अनुसन्धानका लागि बाँकेबाट कुकुर मगायो

जाजरकोट : पश्चिम रुकुम त्रिवेणि गाउँपालिका–४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनामा संलग्न शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले एकै घरका ३ जनालाई सोधपुछका लागि सदरमुकाम ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको बताए । शंकास्पद उनीहरुलाई मंगलबार नै नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकामध्ये २ जना १८ वर्षमुनिका छन् । प्रहरीले उनीहरुको नाम खुलाएको छैन । प्रहरीले घटनास्थलबाट शंकास्पद वस्तु टर्च लाइट, कपडाहरु पनि फेला पारेको जनाइएको छ । 

सोमबार राति मनकलाको घर नजिकैको भैंसी गोठ नजिकै मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको थियो ।

खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा केही तल शव भेटिएको थियो । मनकलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको  जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बताए । 

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, मा भएको घटनाप्रति जिल्लास्थित विभिन्न संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफ्नै भैंसी गोठमा वस्तुभाउलाई घाँस हाल्न गएकी २६ वर्षीया मनकला खत्री खड्काको हत्याको भत्सर्ना गर्दै संघ संस्थाहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । 

अन्तर पार्टी महिला सञ्जाल, नेपाल पत्रकार महासंघ, हरप्लेस, महिला पुनस्थापना केन्द्र, इन्सेक र महिला मानव अधिकार रक्षक सञ्जालले सयुंक्त विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका हुन् । 

मकैबारीमा लछारपछार गरी विभत्स ढंगले गरिएको हत्याले मानिसको अपराधिक मनोवृत्ति उदांगिएको भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सनाना गरिएको छ । त्यस्तै नेपाली कांग्रेस पश्चिम रुकुमले पनि मंगलबार विज्ञप्ति  जारी गर्दै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गरेको छ 

पार्टी सभापति प्रेमप्रकाश वलीद्वार जारी गरिएको विज्ञप्तिमा समाजमा दिनानुदिन बढदै गएको अराजकता, दम्भ, र बढ्दो दण्डहीनता नै यस्तो अपराधिक घटनाको कारक भएको ठहर रहेको उल्लेख गरिएको छ ।

'आफ्नो घर आँगनमा महिला सुरक्षित हुन नसक्नु निकै दुःखद र निन्दनीय कुरा हो समाजमा दिनानुदिन हुने महिला हिँसाका घटना ले सम्पुर्ण समाजलाइ नै स्तब्ध बनाएको छ विज्ञप्तिमा भनिएको छ,' घटना रहस्यमय र सङकासपत भएकाले अनुन्धानको दायरा फराकिलो पारी त्रसित र आतङकित समाजमा शान्ति सुरुक्षाको प्रत्याभूत गराउन नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।'

मनकलाको टाउकोमा धारिलो हतियार प्रहार गरेको चार वटा गहिरो चोट लागेको छ । उनको नाक, कान र घाँटीमा भएका सबै गरगहना लुटिएको छ । टाउकोमा धारिलो हतियारको गहिरो चोट छ भने एउटा कान पूरै काटिएको छ भने अर्को कान च्यातिएको अवस्थामा छ । 

'प्रहरीले घटनास्थल शिल गरि अनुसन्धान गरिरहेको बताएको छ । हत्यामा संलग्नताको अहिलेसम्म केही खुलेको छैन । पोष्टमार्टम पछि अरु कुरा खुल्दै जाला । अहिले घटनाबारे केहीलाई सोधपुछ गर्ने कार्य चलिरहेको छ,' प्रहरी प्रमुख श्रेष्ठले बताए । 

अनुसन्धानका लागि बाँकेबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए । मृतकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन् । सात वर्षीय एक छोरा र सासूआमा घरमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.