मनकला हत्या प्रकरण : आरोपित दुई दाजुभाइमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप्यो

मनकला हत्या प्रकरण : आरोपित दुई दाजुभाइमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप्यो

जाजरकोट : रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आरोपमा पक्राउ परेका दुई नाबालकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले समय माग गरे अनुसार अदालतले हत्या आरोपमा पक्राउ परेका नाबालक दुई दाजु-भाइलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी धुब्रकुमार श्रेष्ठले बताए । 

आफ्ना वस्तु भाउलाई घाँस हाल्न गोठ गएकी मनकलाको सोमबार साँझ शव फेला परेको थियो । उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मनकलाका माइला जेठाजु केशरबहादुर खड्काका २ नाबालक छोरालाई पक्राउ गरेको छ । 

सुरुमा जेठाजु केशरलाई पक्राउ गरिएपनि उनको घटनामा संलग्नता नदेखिएको भन्दै प्रहरीले रिहा गरिसकेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनिहरुले हत्या गरेको स्वीकारेको र घटनामा प्रयोग भएको खुर्पा र मनकलाले लगाएका गर–गहना पक्राउ परेका नाबालकको घरबाट बरामद गरिएको प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । 

केही समय पहिले हत्यामा संलग्न भनिएका भतिजहरुलाई काकीले चोरीको आरोप लगाएकी थिइन । उनीहरुले व्यक्तिगत इगोका कारण हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी गराएका थिए ।

हत्या आरोपमा मनकलाका जेठाजुका १५ वर्षीय र ११ वर्षीय छोरालाई प्रहरी पक्राउ गरेको छ । उनीहरुविरुद्ध कर्तब्य ज्यान तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। तर हत्यामा संलग्न भनिएका दुवै १८ वर्ष मुनिका भएकाले धेरै कानुनी जटिलता रहेको प्रहरीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.