कांग्रेस नेताद्वारा कालिकोट अस्पताललाई सहयोग

कांग्रेस नेताद्वारा कालिकोट अस्पताललाई सहयोग

कालिकोट :  नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले जिल्ला अस्पताल कालिकोटलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। नेपाल तरुण दलका केन्द्रीय महासचिव समेत रहेका कांग्रेस युवा नेता शाहीले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन्। 

केही महिना अगाडि काठ्माडौं हुँदा हृदयघात भएका कारण लामो समय अस्पतालको बास र आफ्नो गृह जिल्ला आउन नपाएका उनले कर्णाली प्रदेशका दश वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अनुसार जिल्ला अस्पताल कालिकोटलाई पनि स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका हुन्। उनले अक्सिजन कन्सटेटर मेसिन १० लिटरको एक थान, कोभिड किट ५० पिस, पिपिई सेट ५० पिस, गाउन ५० पिस, फेस प्याक ५० पिस, सेनिटाइजर २५ लिटर, फेस चस्मा १० पिस, पन्जा सय पिस, सर्जिकल हेड क्याप सय पिस लयातको स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन्।  

कोरोना महामारीको बीच कालिकोटका आम नागरिकहरुलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले जिल्ला अस्पताललाई व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री सहयोग गरेको बताए। उनले भने, 'मलाई काठमाडौंमा गम्भीर हृदयघात हुँदा बाचेर जिल्ला फर्किन्छु भन्ने लागेको थिएन। कालिकोटका साथै दैशैभरिका मेरा शुभचिन्तक, आफन्तजन सबैको सुबेक्षाले म बाँच्न सफल भएँ। झण्डै तीन महिना अस्पतालमा बसेँ। तीन महिना कोठाभित्रै जनताको सम्पर्कभन्दा बाहिर बस्नुपर्ने अवस्था आयो। अहिले मलाई सहज हुँदै गएको छ।' 

उनले थपे, 'कर्णालीमा नागरिकको स्वास्थ्य उपचारका लागि श्रोत साधनको अभाव छ। सरकारलाई नागरिकको स्वास्थ्य माथि गम्भीर बन्नका लागि दवाद दिन व्यक्तिगत रुपमा कर्णालीका दश वटै जिल्लामा स्वास्थ्य सामग्रीहरु वितरण गर्ने योजना बनाएको हो।'

उनले कोरोनाको महामारीको समयमा नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई पनि हौसला प्रदान गर्न पनि यो सहयोग गरिएको बताए। कांग्रेस नेता शाहीले जिल्ला अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन थप पहल गर्ने बताए। 

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापा हुँदा कांग्रेस नेता भुपेन्द्रजंग शाहीको विषेश पहलमा जिल्ला अस्पताललाई ५० शैयाको बनाउन भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भएको थियो। उक्त भवन निर्माणाधीन अवस्थामा छ। 
 
स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमूख डा.रत्नबिर सुनारले कांग्रेस नेता भुपेन्द्रजंग शाहीले जिल्ला अस्पताललाई निकै आवश्यक मेसिन सहितका स्वास्थ्य सामग्रीहरु सहयोग गरेकोमा धन्यबाद दिए। उनले यो कोरोनाको महामारीको रोकथामका लागि सबै राजनीतिक दल, नागरिक समाज र जनताहरुको साथ र सहयोगले मात्र नियन्त्रण गर्न सकिने बताए। उनले भने, 'यो सहयोग हाम्रा लागि निकै ठुलो हो। जिल्ला अस्पतालमा नागरिकका उपचारका लागि धेरै श्रोत साधनको अभाव छ। यसका बीचबा पनि स्वास्थ्यकर्मीहरु नागरिकको उपचारमा खएिका छन्। हामीले प्राप्त गरेका सबै सामग्रीहरुको सदुपयोग गर्ने उनले बताए।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.