हत्यामा संलग्न युवकलाई अनुसन्धानका लागि सात दिन म्याद थप

हत्यामा संलग्न युवकलाई अनुसन्धानका लागि सात दिन म्याद थप

जाजरकोट : आपसी लेनदेनको विषयमा झगडा हुँदा एक युवाको ज्यान गएपछि पक्राउ परेका कुशे गाँउपालिका ८ जिन्तालाका विमलप्रकाश सिंहलाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद थप गरेको छ । 

विमलको कुटपिटबाट कुशे गाँउपालिका ८ जिन्तालाका ३५ वर्षीय इन्द्रबहादुर सिंहको शनिबार बिहान घरमै मृत्यु भएको थियो । प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार एक सामुदायिक संस्थाको रकम सम्बन्धमा विवाद हुँदा उनीहरुबीच झगडा भएको थियो । 

शुक्रबार पधेरीखोला सामुदायिक संस्थाका सदस्य र पदाधिकारी भेला भएका थिए । छलफलपछि अन्य सदस्य आ-आफ्नो घर फर्के पनि केही युवाहरु बेलुका जिन्तालमै कुखुरा काटेर जाँड खान थालेका थिए । 

विमल संस्थाका अध्यक्ष हुन भने मृतक इन्द्र सचिव हुन् । जाँड खाने क्रममा उनीहरु विच संस्थाको रकमका विषयमा केही समय विवाद भयो । विवाद पछि बिमल एक्कासी आक्रोशमा आएर र्चिपटले इन्द्रको टाउकोमा हिर्काएपछि उनी बेहोस भएको प्रहरी निरीक्षक पाण्डेले बताए । 

घाइते भएका इन्द्रलाई घरमा लगिएको र राती दुई बजे उनको ज्यान गएको पाण्डेले बताए । प्रहरीले कुटपिटमा संलग्न विमललाई शनिबार नै भेरीनगरपालिका २ बाहुनथानाबाट पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनले कुटपिट गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पाण्डेले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.