मास्क नलगाई घरबाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना
मुगु : जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दिनानुदिन बढ्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले 'तपाईँको मास्क खोई अभियान सुरु गरेको छ। घरबाट बाहिर निस्किदा मास्क अनिवार्य गर्दै प्रहरीले जिल्लाभर तपाईको माक्स खोइ अभियान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको अगुवाईमा उधोग बाणिज्य संघ, सामुदायिक प्रहरी ,र नागरिक समाजका अगुवाले बिहीबारबाट जिल्लाभर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घरबाट बाहिर निस्किदा अनिवार्य माक्स लगाउनुपर्ने भन्दै तपाईंको माक्स खोई अभियान सुरु गरी माक्स नलगाइ हिँड्नेलाई एकसय रुपैयाँ जरिवान समेत गर्ने चेतवानी दिएको हो ।
माक्स नलगाई हिँड्ने जोकोहीलाई एक सय रुपैयाँ जरिवान गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए। उपभोक्ताहरुलाई सचेत गराउन यो अभियान सुरु गरिएको उधोग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए।