अटोमाथि रुख ढल्दा एकको मृत्यु, तीन घाइते

अटोमाथि रुख ढल्दा एकको मृत्यु, तीन घाइते

उदयपुर: सडक छेउमा रोकेर राखिएको अटोलाई रुखले किच्दा उदयपुरमा शनिबार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुगढी गाउँपालिका ७ अँधेरी झर्नामा रोकेर राखिएको प्र. २–०१–००१. ह. ०५६० नम्बरको अटोलाई रुखले किच्दा अटोभित्र रहेकी कटारी नगरपालिका ४ की ३८ वर्षीया निशा दनुवारको ज्यान गएको हो ।

घटनामा कटारी ४ की २७ की मिना दनुवार, मृतका श्रीमान ४० वर्षीय श्याम दनुवार र चालक कटारी ५ का ४८ वर्षीय कुमार तामाङ घाइते भएका छन् । उनीहरु अटोको बाहिरी भागमा रहेकाले बच्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइतेको कटारी अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । दनुवारद्वयको हातमा चोट लागेको छ भने तामाङको टाउको र हातखुट्टामा चोट लागेको छ । उनीहरु खतरा मुक्त रहेको डिएसपी गौतमले जानकारी दिए ।

दुर्घटनामा स. १०. प. ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको उनले बताए । सडक किनारामा रोकिएको अटोमाथि रुख अकस्मात ढलेर बज्रिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । शनिबार भएकाले झरनामा नुहाउनेको संख्या बाक्लो रहेको स्थानीयले बताएका छन् ।

सदरमुकाम गाईघाट कटारी लगायत क्षेत्रमा झरनामा नुहाउने जाने गरेको स्थानीय होमबहादुर बस्नेतले बताए । नुहाउन गएका केही व्यक्तिहरुले भने घटना आसपासबाट भागेर ज्यान बचाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.