बैंकिङ प्रणालीले जेष्ठ नागरिकलाई भत्ता लिनै सास्ती

बैंकिङ प्रणालीले जेष्ठ नागरिकलाई भत्ता लिनै सास्ती

बाजुरा : बुढीनन्दा नगरपालिका–५ कोटीला गाउँका बिकीमिया सामाजिक सुरक्षा भत्ता बुझ्न ५, ६ घण्टा पैदल हिँडेर कोल्टिबजार आए। तर भत्तालिनका लागि कागजपत्र जुटाउन उनलाई निकै सकस पर्यो । अपाङ्गता भएको प्रमाण जुटाएपछि मात्रै हातमा भत्ता पाउन सफल भए। उनी अपांगता भएका व्यक्ति हुन्।

यसअघि घरआँगनमै चौमासिक रूपमा भत्ता बुझ्दै आएको भएपनि बैङ्कबाट लिनुपर्ने भएपछि निकै सास्ती भएको उनले बताए। उनले भने, ' अनपढ मान्छे चेकमा लेख्नुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने, हिँडेर थाकेको ज्यानले निकै सास्ती व्यहोर्नुपर्यो।’ घण्टौं हिँडेर बैङ्कमा पुगे पनि प्रक्रिया मिलाउँदा मिलाउँदै सास्ती खानुपरेको मियाले गुनासो पोखे।

'आफू खुट्टाको अपाङ्ग, आमा ८२ वर्षकी हुनुभयो, हिँड्न सक्नु हुँदैन, बैंकमा आमा नआए भत्ता दिँदैनन् । बोकेर ल्याउन नसक्दा आमाको सामाजिक सुरक्षा भत्ता लिन सकेको छैन,'उनले भने।

बुढीनन्दा नगरपालिका–४ घोडाकोटका धनबहादुर रोकायाले पनि बैंकबाट भत्ता पाउन धेरै झन्झट व्यहोरोले बताए। अपाङ्गता, वृद्धवृद्धालाई दिनभरि लाइनमा बस्नु पर्दा बिरामी नै हुने अवस्था आएको रोकायाको गुनासो छ । 'आफू भत्तालिन घरबाट बिहान पानी समेत नखाएर ६ बजे निस्केको हुँ, ४ घण्टा हिँडेर १० बजे बैंकमा लाइन लागेको। ३ बजेसम्म लाइनमै छु,' कति खेर पालो आउने हो थाहा छैन,'उनले भने,' भत्ता हो कि यो सास्ती हो।' 

यस्तै बुढीगंगा नगरपालिका–९ जुवापानीका ९१ वर्षीय ज्येष्ठ नागरिक दलबीरे नेपाली पनि बैंकिङ प्रणालीबाट सास्ती भएको बताए । ज्येष्ठना गरिकलाई भत्ता सहजसँग घरघरमा बाँड्ने व्यवस्या भए राम्रो हुने नेपालीले बताए । उनले भने, ‘बैंक पाएक पर्ने ठाउँमा छैन, एक दिन हिँडेर जानुपर्छ, सबै हिँडेर बैंक पुग्न सक्ने अवस्थाका पनि छैन। '

बिकीमिया, धनबहादुर रोकाया र दलबीरे नेपालीजस्ता ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती खेप्नु परेको छ। बाजुराका सयौं ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती व्यहोर्नु परेको छ।

बूढीनन्दा नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम ,कोल्टिस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट ४-४ महिनामा उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा भत्ताको रकम बुझ्न लक्षित सेवाग्राही आफैं बैंक पुग्नुपर्ने अनिवार्य बनाएको छ।

तर, अहिले कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञा र वर्षातका कारण सडक अवरुद्ध हूँदा जंगलको बाटो हिँडेर बैंक धाउन समस्या भएको छ।

सास्ती खेप्नुपरेपछि उनीहरुले पहिलेकोजस्तै घरघरमा भत्ता पुर्‍यादिने व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्। बुढीनन्दा नगरपालिकाले नागरिकले दु:ख पाउन थालेपछि बैंकसँग समन्वय गरेर साउन महिनाको भत्तालिने समय तालिका सार्वजनिक गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत्त रामदत्त न्यौपानेले बताए । बैंक आउन नसक्ने असक्तहरुका लागि घरमै सामाजिक सुरक्षा भत्ता कसरी दिने भन्ने विषयमा छलफल भइरहेको नगरपालिकाले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.