करणी मुद्दा मिलाइदिन्छु भन्दै रकम ठगी गर्ने त्रिपाठी पक्राउ

करणी मुद्दा मिलाइदिन्छु भन्दै रकम ठगी गर्ने त्रिपाठी पक्राउ

पोखरा : पत्रकारको आवरणमा जबरजस्ती करणीको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पोखराका भोजराज त्रिपाठीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १८ सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो । 

त्रिपाठीले अन्य २ पुरुषसँग मिलेर करणी मुद्दाका प्रतिवादीलाई बचाइदिने भन्दै १ करोड रुपैयाँ मागेका थिए । ‘प्रहरी, वकिल, अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाइदिन्छु नत्र १५ वर्ष जेल जान्छ भनी आश्वासन दिएर पीडकबाट ठगी गरेको पाइएपछि पक्राउ गरिएको हो,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । 

प्रहरीले यसअघिका घटनामा संलग्न भएको पाएपछि फागुनमै सूर्यलाल खड्का र कमानबहादुर तामाङलाई पक्राउ गरेको थियो । त्रिपाठी भने त्यसयता फरार थिए । त्रिपाठीले ‘कम्युनखबर’ को पत्रकार रहेको बताउँदै आएका थिए । उनलाई प्रहरीले कम्युनखबरको प्रेसकार्डसँगै पक्राउ गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.