नेपाल आइडलको बजार व्यवस्थापन ब्रान्डवर्थले गर्ने

नेपाल आइडलको बजार व्यवस्थापन ब्रान्डवर्थले गर्ने

काठमाडौं : नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो ‘नेपाल आइडल’को चौथो संस्करण छिट्टै सुरु हुँदैछ। नेपाल आइडल सिजन फोरको तयारी अन्तिम चरणमा पुगेको निर्माण युनिटले जनाएको छ। 

एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरिएको छ। यही तयारी अनुरुप चौथो संस्करणमा  बजार व्यवस्थापनको जिम्मेवारी ब्रान्डवर्थ प्रालिका सञ्चालक मोहन गजुरेलले पाएका छन्। 

आइतबार एपीवान टेलिभिजन, नेपाल आइडल र ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत गजुरेलबीच नेपाल आइडल नयाँ सिजनको बजार व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। एपीवान कार्यालय परिसरमा आयोजित एक समारोहमा टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्य र ब्रान्डवर्थका सीईओ गजुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। कार्यकारी उपाध्यक्ष शाक्यले नेपाल आइडलको चौथो संस्करण झनै भव्य बनाउने योजना रहेको भन्दै साथ दिन विज्ञापनदाताहरूलाई आग्रह गरेका छन्।

ब्रान्डवर्थका सीईओ गजुरेलले पनि अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज रियालिटी शोका रुपमा नेपालमा ख्याती कमाएको नेपाल आइडलसँग जोडिन पाएकोमा उत्साहित भएको बताए। 

नेपाल आइडलका निर्देशक एवं एपीवान टेलिभिजनका अपरेसन डाइरेक्टर सुरेश पौडेलले तीन वटा सिजनको अनुभवपछि कोरोना महामारीलाई छिचोल्दै सुरु हुन लागेको नेपाल आइडलको चौथो संस्करण थप परिस्कृत र दर्शकको उत्साह जगाउने खालको हुने दाबी गरे। 

बजार व्यवस्थापनसम्बन्धी सम्झौता हस्ताक्षर समारोहमा एपीवान टेलिभिजनका निर्देशक सच्चन थापा, प्रशासन प्रमुख नरेशमान श्रेष्ठ, लेखा प्रमुख केशरी बल्लभ दाहाल, बजार व्यवस्थापन प्रमुख महेश सापकोटालगायतको उपस्थिति थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.