जाजरकोटमा मास्क बैंक

जाजरकोटमा मास्क बैंक

जाजरकोट :  जाजरकोटमा विपन्न र असहाय समुदायका लागि मास्क बैंक स्थापना गरिएको छ । विपन्न समुदायका व्यक्तिहरुले दिनहुँ मास्क किनेर लगाउन असम्भव भएपछि मास्क बैंक स्थापना गरेको यार्सन जाजरकोटका कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिए ।

कारितास नेपालको कोभिड-१९ रेस्पोन्स कार्यक्रमअन्र्तगत 'ए हजुर तपाईंको माक्स खोइ?' अभियानमार्फत विपन्न समुदायका समस्यालाई ध्यानमा राखी मास्क बैंक स्थापनाको अवधारणा अगाडि बढाएको बस्नेतले बताए।

'हुनेले दिऔं, नहुनेले लिऔं' यस अवधारणाअन्र्तगत सबैसँग सामग्री तथा नगद सहयोग लिएर सञ्‍चालन गरेको हो । जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिसँगको सम्पर्क समन्वय र रेखदेखमा यो मास्क बैंक सञ्‍चालनमा आएको हो। 

एक हजार मास्कबाट बैंक स्थापना गरेको यार्सनले हालसम्म १९ हजार ६ सय ३० नगद र तीन हजार पाँच सय ५० वटा मास्क संकलन गरेको छ । त्यस्तै, एक कार्टुन सेनिटाइजर पनि संकलन गरेको छ ।

मास्क लिनका लागि जिल्लाको भेरी नगरपालिका ४ रामजानकी टोलमा रहेको संस्थाको कार्यालय र नजिकको प्रहरीसँग सम्पर्क राख्न आग्रह गरेको  छ। कार्यालयमा आएर नहुनेले मास्क लिने र सहयोगी दाताले नगद वा जिन्सी सहयोग गर्न सक्नेछन्। बैंक सञ्‍चालनका लागि संस्थाले एकजना स्वंसेवक परिचालन गरेको छ । 

केही समयअघि कारितासले कोभिड प्रतिकार्यका लागि स्वास्थ्य संस्थालाई २६ लाख मूल्यका स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो । जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जिल्लामा कोभिड १९ महामारीको तेस्रो लहरबाट बच्न मास्क प्रयोग अनिवार्य भएको बताए ।

मास्क बैंक स्थापना भएपछि विपन्न वर्गलाई निकै सहज भएको प्रजिअ देवकोटाले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.