मोटरसाइकलमा आगो लाग्दा ३ जनाको घटनास्थलमै मृत्यु

मोटरसाइकलमा आगो लाग्दा ३ जनाको घटनास्थलमै मृत्यु

वीरगन्ज : बारामा दुईवटा मोटरसाइकल ठोक्किर आगो लाग्दा दुवै मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बाराको जितपुरसीमारा उमहानगरपालिका १६ टाँगीयावस्तिस्थित पूर्वपश्चिम लोकमार्गको सडकमा शनिबार राति उक्त दुर्घटना भएको हो । 

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र बिपरित दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालक र सवार १ महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा दुर्घटनामा प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटसाइकलका चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र मोटरसाइकलको पछाडि सवार उनकी फूपू पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरीकी ३५ वर्षीय सुनैना देवी साह रहेकी छन् । 

यस्तै बा ६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङको पनि घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शनिबार राति साढे १० बजेतिर भएको दुर्घटनामा  प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल जलेर पूर्णरुपमा ध्वस्त भएको मिश्रले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.