मुस्ताङमा दुर्लभ वन्यजन्तुको छालासहित युवक पक्राउ

मुस्ताङमा दुर्लभ वन्यजन्तुको छालासहित युवक पक्राउ

जोमसोम : राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको हिमाली जिल्ला मुस्ताङमा दुर्लभ वन्यजन्तुको छालासहित शनिबार एक युवा पक्राउ परेका छन् । मनाङ जिल्ला ङिस्याङ गाउँपालिका—७ टङ्की मनाङका १९ वर्षीय टसी लामालाई वन्यजन्तु घोरलको छालासहित वारागुङ मुक्तिक्षेत्र गापा—२ छेङ्गुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

पक्राउ परेका युवा टसी लामाले बन्यजन्तु घोरलको छालाले बनेको एक जोर झोला बोकी हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । वन्यजन्तु घोरलको छालाले बनेको उक्त झोला घोडाको पछाडि राखेर सामान राख्ने प्रयोजनमा प्रयोग भएको देखिन्छ । वन्यजन्तुको छाला प्रयोग भएको झोला बोकेर हिँडिरहेको प्रहरीलाई सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीसहितको प्रहरी टोलीले संकास्पद स्थानमा खोजतलास गर्ने क्रममा वारागुङ मुत्तिक्षेत्र गापाको मुक्तिनाथ—छेङ्गुरको सार्वजनिक गोरेटो बाटोबाट घोरलको छालाले बनेको झोलासहित युवालाई पक्राउ गरेको जिप्रका मुस्ताङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मनाङबाट सामान ढुवानी गर्ने उद्देश्यले ३ वटा घोडा लिएर थोरङ्लापास हुँदै पक्राउ परेका टसी लामा मुस्ताङ आएको बुझिएको छ । पक्राउ परेका निज टसी लामालाई आइतबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले वन्यजन्तु घोरलको छालाले बनेको झोलासहित अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षणक्षेत्र कार्यालय जोमसोममा पेश गरेको छ ।

संरक्षित वन्यजन्तुको चोरी शिकारी गरेको पाइएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार १५ वर्ष जेल र १० लाख जरिवाना अथवा जरिवाना  वा कैद सजाय हुनसक्छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.