बडिमालिका चिनाउन साइकल यात्रा

बडिमालिका चिनाउन साइकल यात्रा

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकालाई विश्वसामू चिनाउने उद्देश्यले साइकल यात्रीको टोली बडिमालिका पुगेर फिर्ता भएको छ । धनगढीबाट निस्किएको साइकल यात्रीको टोली बाजुराको बडिमालिका पुगेको हो । समुन्द्री सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको बडिमालिकामा साइकलको यात्रा गर्दै भरतविक्रम शाह नेतृत्वको टोली पुगेको हो ।

भदौ ६ गते बडिमालिकामा लाग्ने मेला पुगेर फिर्ता भएको साइकल यात्री भरत विक्रम शाहले बताए । ९३ किलोमिटरको दूरी साइकलमा तय गरेको साइकल यात्री शाहले बताए । शाह र काठमाडौंका साइकल यात्री विकास महर्जन बडिमालिकास पुगेका हुन्।

भदौ २ गते सुरु भएको साइकल यात्रा सोमबार साँफेबजार पुगेर टुङ्गिएको हो । उनीहरु साइकलसहित पहिलो पटक बडिमालिका पुगेका हुन् । बडिमालिकामा प्रत्येक वर्ष जैनपूर्णिमामा हजारौं दर्शनार्थी जाने गर्दछन् । 

यो वर्ष भने साइकल यात्रीसहितको टोली बडिमालिका मन्दिर पुगेको स्थानीय डम्मर उपाध्यायले बताए । बडिमालिकालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन साइकल यात्रा गरेको शाहले बताए।

बडिमालिका यात्रामा निसर्ग अस्पताल धनगढी र ग्रीन गोदावरीका सदस्यहरुको सहभागिता रहेको शाहले बताए । उनका अनुसार निसर्ग अस्पतालका कुबेर शाही, ग्रीन गोदावरीका रवि भट्ट, दुर्गा अधिकारी, रोशन भट्ट, किरन बोहरा, केशबराज भट्ट सुभाष चन्द, प्रकाश शाही र कुसल बिष्टको समूहले बडीमालिका यात्रा तय गरेका हुन् । 

बडिमालिका तथा त्रिवेणी नगरपालिकाका विभिन्न ठाउँमा निसर्ग अस्पतालले करिब २ लाख बराबरको औषधिसमेत वितरण गरेको शाहीले बताए । बडिमालिका क्षेत्र धार्मिक मात्र नभइ जैविक विविधता, बन्यजन्तु, जडिबुटी, तथा वातावरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ ।

पर्यटकीय सम्भावना बोकेका २२ पाटन्, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.