ग्लोकल टिनसँग अन्तरक्रिया
काठमाडौं : ग्लोकल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको ‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणका ग्लोकल २० अन्डर २० तथा अन्तिम ६ प्रतिस्पर्धीको घोषणा भइसकेको छ । उनीहरूको क्षमता अभिवृद्धिका लागि पाँच दिने कार्यशाला सञ्चालन भइरहेको छ ।
यस वर्ष ग्लोकल टिन हिरो नेपालको रणनीतिक साझेदारमा नेपालस्थित भारतीय दूतावास जोडिएको छ । ग्लोकल टिन हिरोका प्रतिस्पर्धीले भारतीय दूतावासकी डेपुटी चिफ इन मिसन नामग्या सी खाम्पासँग अन्तक्र्रिया गरेका छन् ।
खाम्पाले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको योगदानका महत्वपूर्ण हुने बताएकी थिइन् । उनले दूतावास किशोरकिशोरीहरूका लागि सीप विकासका अवसरहरू प्रदान गर्न प्रतिबद्ध रहेको जनाउँदै उनीहरूको उच्च शिक्षालाई सहयोग पु¥याउन छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिइन ।