लहानमा यातायात मजदुर आन्दोलित

लहानमा यातायात मजदुर आन्दोलित

सिरहा : यातायात मजदुरहरुले सिरहाको लहानमा शुक्रबार ट्राफिक प्रहरी र नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्। आफुहरुको काउण्टरभित्रबाट सरसमान जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको गुनासो छ।

बिहिबार ट्राफिक प्रहरी र लहान नगरपालिकाको नगर प्रहरीले बस बुकिङ्ग काउण्टरबाट सरसमान र कागजात लगेर इलाका प्रहरी कार्यालय लहानमा बुझाएको थियो। त्यो सरसमान अहिलेसम्म फिर्ता नपाएको यातायात मजदुर जुगुत यादवले बताए। पूर्व सुचना बिनानै आफ्नो काउण्टरभित्र प्रहरीले छिरेर सरसमान लगेको उनले सुनाए।  

बजार एरियाबाट नयाँ बस पार्कमा काउण्टर सार्ने विषयमा विवाद सुरु भएको देखिएको छ। बस व्यावसायी, प्रहरी र नगरपालिकाबीच असार ३० गते साउन २ गते सम्ममा काउण्टर सार्ने सहमति भएको जनाएको छ। तर, काउण्टर नसारेपछि सरसमान लगिएको प्रहरीको भनाई छ। सहमति कार्यान्वयन गराउने सन्दर्भ विवाद देखिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन कुमार दाहालले बताए।

सहमति अनुसार काम नभएको देखिएपछि नगर प्रहरी र ट्राफिक प्रहरीले सरसमान उठाएको ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर दानबहादुर मिरिङ्गचिङ्गले बताए। 

यातायात मजदुरको तर्फबाट कुनै सामुहिक सहमति नभएको शम्भु चौधरीले बताए। ‘छलफलको क्रममा ३/४ यातायात मजदुर मात्रै गएका थिए। प्रहरी प्रशासन, नगरपालिकाका प्रतिनिधिले उपस्थितिमा हस्ताक्षर गर्न लगाएपछि त्यही निर्णय भएको सुनाएको छ,’उनले भने,‘प्रहरी प्रशासनले यातायता मजदुरमाथि ज्यादती गरेको छ। हामी आन्दोलित भएको छौँ।’   


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.