सर्टमूभि टप–१५ मा

सर्टमूभि टप–१५ मा

नेपालगन्ज : स्प्रिङ डेल एकेडेमी नेपालगन्जका कक्षा १० र ११ का विद्यार्थीले तयार पारेको सर्टमुभि ब्रिटिस काउन्सिल नेपालले छनोट गरेको छ। बेलायतको इन्टु फिल्मले ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा जलवायु परिवर्तनका विषयमा १८ वर्षमुनिका विद्यार्थीलाई सर्टभूमि निर्माण गर्न आह्वान गरेकोमा टप–१५ मा छनोट भएको निर्माता सुप्रिया रावलले बताइन्। उनले भनिन्, ‘देशभरिबाट ५० वटा सर्टमुभि प्रतिस्पर्धामा सहभागी भएकोमा पश्चिम नेपालबाट हामी मात्र छनोट भएका हौं।’

‘क्लाइमेट चेञ्ज इन नेपाल : टाइम इज रनिङ आउट’ शीर्षकमा तयार गरिएको नेपाली भाषाको सर्टमुभिमा जलवायु परिवर्तनले कृषि क्षेत्र कसरी मारमा परेका छ भन्ने विषयमा नेपालगन्ज उपमहानगरपालिकाका किसानको समस्या दर्शाइएको छ। २ मिनेट ५१ सेकेण्डको सर्ट मुभिमा जलवायु परिवर्तनका कारण रोपाइँका बेलामा वर्षा नहुँदा र अतिवृष्टि हुँदा बालीनाली नष्ट भएको कुरा देखाइएको छ। ब्रिटिस काउन्सिलले अनलाइन भोटिङका आधारमा १५ वटा सर्टमुभिमध्ये ५ वटालाई पुरस्कृत गर्ने जनाएको छ। 

स्प्रिङ डेल एकेडेमीमा ब्रिटिस काउन्सिल नेपालको आर्ट डिपार्टमेन्टले फिल्म मेकिङ टे«निङ दिएका १५ जना विद्यार्थी छन्। सर्टमुमिमा भने कक्षा १० मा अध्ययनरत कुशल धामी र सुप्रिया रावलले भिडियो खिच्नेदेखि सम्पादनसम्मको काम गरेका छन्। उपासना शाह र विपिन खड्काले सघाएका छन्। विद्यालयका प्रिन्सिपल शरद्चन्द्र रावल अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्कृष्ट गराउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न भिडियो निर्माण गर्न सघाएको बताउँछन्। उनले भने, ‘विद्यार्थीले चाँडै नै अर्को डकुमेन्ट्री बनाउने तयारी गरिरहेका छन्। उनीहरू अहिले स्क्रिप्ट लेख्ने काम गरिरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.