जोमसोम-कागबेनी सडक कालोपत्रे

जोमसोम-कागबेनी सडक कालोपत्रे

जोमसोम : बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत जोमसोम-कागबेनी १३ किमी ग्राभेल सडकमा अस्पाल्ट कालोपत्रेको पूर्व तयारी सुरु भएको छ । दुई बर्षअघि निर्माण सम्पन्न भई कालिगण्डकी करिडोर कार्यालयलाई हस्तान्तरण भईसकेको जोमसोम-ताङ्वे ग्राभेल सडकअन्तर्गत १३ किमी सडकमा कालोपत्रेको पूर्व तयारी स्वरुप सर्वेको काम अघि बढाईएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोमसोम-कागबेनी ग्राभेल सडकमा कालोपत्रेका लागि गत चैत्रमा ४० करोड बजेट बिनियोजन गरेको थियो। बजेट बिनियोजन भएसँगै कालिगण्डकी करिडोरले जोमसोम-कागबेनी सडक कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो ।

जोमसोम-कागबेनी सडकमा कालोपत्रे गर्ने जिम्मा रौटाहा/आत्रेय/सारस जेभीले लिएको कन्ट्रक्सनका सब-इन्जिनियर भुवन शिवाकोटीले जानकारी दिए। कन्ट्रक्सनले भ्याटसहित २८ करोडमा अस्पाल्ट कालोपत्रे गर्ने सम्झौता गरेको उनको भनाई छ । उनका अनुसार जोमसोम-कागबेनी सडकअन्तर्गत मुख्य सडकमा १२ किमीमा कालोपत्रे गरिने र यसका अतिरिक्त कागबेनी श्राद्धस्थलबाट मुख्य सडकसम्मको १ किमी दुरीमा गरी कुल १३ किमी सडकमा कालोपत्रे गरिने छ ।

'कालापत्रेको जिम्मा हामीले पाईसकेका छौं,उनले भने,'अब यसको फाईनल सम्झौताको अन्तिम तयारी भईरहेको छ ।' उनले काम गर्ने पूर्व सुनिश्चितता भईसकेकाले अहिले कालोपत्रेको सर्बे गर्ने काम धमाधम अघि बढाईएको बताए । 

कालोपत्रे सडकको सर्वेका लागि शिवाकोटीसहितको टोली कार्यस्थलमा खटिएका छन् । उनीहरुले कालोपत्रेको पूर्व तयारी स्वरुप ग्राभेल सडकको लेभल नाप जाँच,कालिगण्डकी नदीले सडक संरचनामा क्षति पूर्याएको स्थानको पहिचान गर्ने ,सडकको चौडाई मापन गर्ने लगायतको सर्बे गरिएको जनाईएको छ । नाली नभएको स्थानमा नाली निर्माण गरी सडक स्टक्चर मिलाएर कालोपत्रे गरिने छ ।

जोमसोम-काबगेनी सडकखण्डको कालोपत्रेको सम्झौता अवधि ३० महिनाको रहने शिवाकोटीले बताए । सम्झौता अनुसार जोमसोम-कागबेनी अस्पाल्ट कालापत्रेको काम २०८० साल फागुनमा सकिने छ । यस सडकको कुल १३ किमी सडकमा ८ मिटर चौडाईको अस्पाल्ट कालोपत्रे गरिने छ ।

यस्तै,बेनी-जोमसोम ७६ किमी सडकको ३ प्याकेजमा यसअघि गत जेठ देखिनै कालापत्रेको काम अघि बढाईएको थियो। बेनी-जोमसोम सडकको पहिलो प्याकेजमा शर्मा युनाईटेड निर्माण कम्पनीले डीबीएसडी प्रविधिको कालोपत्रेको कामअघि बढाएको छ । 

शर्मा गजुरमुखी जेभी र पप्पु/गौरी एण्ड पार्वती जेभीले मुस्ताङ खण्डको घाँसा देखि जोमसोमसम्म कालोपत्रे गर्ने उद्देश्यसहित कालोपत्रे गर्ने काम सुरु गरेको कालिगण्डकी करिडोरले जनाएको छ ।

उत्तरी छिमेकी देश चिनसँग सीमाना जोडिएको जोमसाम-कोरला सडकखण्डअन्तर्गतको कुल ७ प्याकेज मध्ये ४ वटा प्याकेज करिडोर सडक कार्यालयलाई हस्तान्तरण भईसकेको छ भने बेनी-जोमसोम सडकको कुनै पनि प्याकेज सम्पन्न हुन सकेको छैन । जसमध्ये जोमसोम-कोरला सडकको पहिलो प्याकेजको ग्राभेल सडकमा कालोपत्रेको तयारी अघि बढेको हो ।

यस्तै बाँकी रहेको ३ प्याकेज मध्ये २ प्याकेजको काम असोजमा सकिने कालिगण्डकी करिडोरले जनाएको छ । 

२०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडकको भौतिक प्रगती ६० प्रतिशत र जोमसोम-कोरला १ सय १० किमी सडकको भौतिक प्रगती ९० प्रतिशत रहेको जनाईएको छ ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.