तीन वर्षदेखि लेते—कुञ्जो पुल अलपत्र

तीन वर्षदेखि लेते—कुञ्जो पुल अलपत्र

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका ३ र ५ जोड्ने लेते—कुञ्जो मोटरेबल प्राविधिक गरेको डिजाइन फेल हुँदा तीन वर्षदेखि अलपत्र छ। २०७५ सालको कालिगण्डकी नदीले पुलको फाउन्डेसन बीममा क्षति पूर्‍याएपछि निर्माणधीन पुलको संरचना जोखिममा परेको थियो।

मुस्ताङको थासाङ गाउँपालिका- ५ को छयो, कुञ्जो, ताक्लुङ, झिप्रा देउराली र टिटी गाउँका स्थानीय किसानले उत्पादन गर्ने कृषि उपज सामग्रीको बजारीकरण तथा स्थानीयबासीको सहजताको लागि साविक जिल्ला विकास समितिले स्वच्छन्द निर्माण सेवा काठमान्डौंसँग ठेक्का सम्झौता गरको थियो। 

२०७४ फागुनमा पुल निर्माणको काम अघि बढाइएको थियो। एक सय मिटर लम्बाई र ७ दशमलव २० मिटर चौडाई कायम गरिएको लेते—कुञ्जो मोटरेबल पुलको लागत ११ करोड ३० लाख थियो। पुलको सम्झौता अवधि १८ महिना भएपनि पुलको डिजाइन र अन्य कारणले तीन वर्षदेखि लेते—कुञ्जो पुल अलपत्र अवस्थामा छ।

कालिगण्डकी नदीको असरले रोकिएको निर्माणधिन पुलको १५ प्रतिशत भौतिक प्रगति हुँदा पुल निर्माणको काम रोकिएको थियो। निर्माण कम्पनीले पुलको दायाँ—बायाँ दुई वटा एबुमेन्ट (साईड पिल्लर)को ५० प्रतिशत काम सक्दा २३ प्रतिशत रकम भुक्तानी लिइसकेको छ।

संघीय सरकारअन्तर्गत साविक जिल्ला विकाससमेतले निर्माण सुरु गरेको लेते—कुञ्जो पुलको संरचनामा कालिगण्डकी नदी कटानले क्षति पुग्ने देखिएपछि पुल निर्माणको विभिन्न विकल्प खोजिएको थियो। निर्माणधीन अवस्थामा रहँदा भौतिक पुर्वाधार विकास मन्त्रालयले २०७७ भदौमा उक्त पुल निर्माणको अख्तियारी प्रदेश सरकारअन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिएको थियो।

सन् २०१९ मा पुल हेर्ने स्विजरल्याण्डका प्रतिनिधि बेनाम ढलीली र पुल डिजाइन ईन्जिनीयर राजन मानन्धरसहितको चार सदस्यीय टोलीले मुस्ताङको लेते—कुज्जो मोटरबल पुलको स्थलगत अनुमगन गरी लोकल रोड ब्रिज प्रोग्रामलाई प्रतिवेदन बुझाएको थियो। टोलीले पेश गरेको प्रतिवेदनमा साविकअनुसार पुल निर्माण गर्दा दीर्घकालिन नहुने निष्कर्ष निकाल्दै पुलको प्रि—डिजाइनको प्रतिवेदन पेश गरेको थियो। प्रतिवदेनमा पुलको स्पान परिवर्तन गरी प्रि—डिजाइन गर्नुपर्ने जनाइएको थियो।
पुलको डिजाइन परिवर्तन गर्नुपर्ने भएपछि पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण कम्पनीलाई पुलको काम रोक्न लगाएको थियो। सार्वजनिक खरिद नियमावली अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ साल चैत्रसम्म म्याद कायम गरेको थियो। लोकल रोड ब्रिज प्रोग्रामको पत्र सन् २०२१ मार्चबाट रिसिभ डिजाइन र रिसिभ स्टमेटको आधारमा निर्माण व्यवसायीलाई भेरियसन पेश गर्न लगाईएको थियो।

पुलको म्याद थप गरिएपनि कोरोना कहरका कारण निर्माणको काम अघि बढ्न सकेको थिएन। नेपाल सरकार अर्थ मन्त्रालयले २०७७ असार ३ गतेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले दोस्रो पटक २०७८ भदौ १३ गतेसम्मको म्याद तोकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ। पुलको  संरचना दीर्घकालिन बनाउन निर्माण कम्पनीले पेश गरेको भेरियनस (भिओ )को गण्डकी प्रदेशको मन्त्रिपरिषदले हालै अनुमोदन गरेको थियो। पुलको फाउन्डेन बीम जोगाउन वाल निर्माण लगायतका कार्य गर्न प्रदेश मन्त्रिपरिषदले साविकको सम्झौतामा २४.८१ प्रतिशत वृद्धि हुने गरी भिओ स्वीकृत गरेको कार्यालयले उल्लेख गरेको छ। पुलको भिओको लागि १५ प्रतिशत भौतिक पूर्वाधार सहरी विकास तथा यातायाता व्यवस्था मन्त्रालय र ९ दशलव ८१ प्रतिशत प्रदेश क्याबिनेटले स्वीकृत गर्ने गरी भिओ अनुमोदन गरिएको हो।

भिओ स्वीकृतसँगै लामो समयदेखि काम रोकिएको लेते—कुञ्जो मोटरेबल पुलको काम केहीदिनमै सुरु हुने पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख बिष्णु पौडेलले जानकारी दिए। निर्माण कम्पनीको टोली कार्यक्षेत्रमा फर्किन लागेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.