परासी कांग्रेस: विवादपछि वडा अधिवेशन अवरुद्ध, कतै माइन्युट च्यातियो, कतै उजुरी

परासी कांग्रेस: विवादपछि वडा अधिवेशन अवरुद्ध, कतै माइन्युट च्यातियो, कतै उजुरी

परासीः नेपाली कांग्रेस पश्चिम नवलपरासी वडा अधिवेशनको परिणाम तीन दिनसम्म आउन सकेको छैन । तीन दिनअघि उद्घाटन भएको अधिवेशनले निर्वाचन गराए पनि गुट विवादका कारण नयाँ नेतृत्व चयनको प्रक्रिया अन्योल बनेको छ ।

गुट विवादका कारण कार्यकर्ताबीच तिब्र विवाद हुँदा कतै माइन्युट च्यातिका छन् भने कतै परीणामप्रति असहमति जनाउँदै उजुरी परेका छन् । केही वडामा हुन नसकेको चुनाव आइतबार भइरहेको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालका दुई गुट छन् ।

यसैबीच रामग्राम नगरपालिका–११ मा भएको अधिवेशनमा पराजित भएपछि निर्वाचनको माइन्युट च्यातिएको छ । सो वडामा सबै पदमा सहमति भएको थियो । वडा सभापतिमा मात्र भएको निर्वाचनमा पराजित उमेदवारका व्यक्तिले माइन्युट च्यातेको भन्दै प्रतिष्पर्धी गुटका कार्यकर्ताहरु आक्रोशित छन् । मतगणना सकिएर घोषणा गर्न जाने क्रममा पराजित उमेदवारका व्यक्तिहरु एक्कासी आवेगमा आएर हातमा बोकेको माइन्युट च्यातेको मतदान अधिकृत धु्रव आचार्यले बताए ।

सभापतिका उमेदवार भवानी शंकर चौधरीले १८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी श्रीकान्त कलवारको १६ मत आएको छ । चौधरी खनाल गुटका हुन् भने कलवार कँडेल गुटका हुन् । मत परीणामबारे जिल्लाको निर्वाचन समितिमा जानकारी दिएको आचार्यले बताए ।

यता सुस्ता गाउँपालिक–५ को अधिवेशनमा मनोनयन पत्र दर्ता नगरी निर्वाचन परिणाम घोषणा गरेको भन्दै पार्टी जिल्ला निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनमा विजयी भएका उमेदवारलाई निर्वाचन समितिले प्रमाण पत्र समेत दिइसकेपछि उजुरी परेको हो ।

दुबै गुटले निर्वाचनमा जाने सहमति गरेपछि चुनाव भएको थियो । विजयी हुने सबै खनालका गुटका हुन् । तर कँडेल गुटका कार्यकर्ताले प्रक्रिया पूरा नगरी निर्वाचन गराएको भन्दै उजुरी दिएपछि चुनावबारे अन्योल उत्पन्न भएको छ । २५ जना क्षेत्रीय प्रतिनिधिमध्ये आरक्षण र केही समानुमातिकका गरी १० क्षेत्रीय प्रतिनिधिमा दुई गुटले सहमति गरेपछि निर्विरोध भएको थियो । वडा सभापति र अन्य १५ जना क्षेत्रीय प्रतिनिधिबीच सहमति नजुटेपछि चुनाव भएको हो ।

दुई गुटको विवादका कारण सुरुको दिन निर्वाचन हुन सकेको थिएन । भोलिपल्ट भएको चुनावमा दुवै पक्षका उम्मेदवारले ढिलो भएका कारण मनोनयन पत्र पछि बुझाउने सहमतिमा चुनाव गराएको मतदान अधिकृत अर्जुन पाण्डेले बताए ।

‘उम्मेदवार वापत लाग्ने दस्तुर लिए । सबैले मनोनयन पत्र पछि बुझाउँला भनेपछि पार्टीको आन्तरिक कुरा भनेर मैले पनि विश्वास गरेँ । सहमतिमै भएको हो । नतिजा स्विकार गर्न नसकेपछि अप्ठ्यारोमा पारे’ पाण्डेल भने । निर्वाचनमा २ सय ७१ मत खसेको थियो । विजयी हुने र पराजित हुने उम्मेदवारहरुको मत अन्तर २ सयको हाराहारीमा रहेको पाण्डेले बताए ।

कांग्रेस जिल्ला निर्वाचन अधिकृत बाबुराम पाण्डेले उजुरी आएकोले त्यसबारे के गर्ने भन्ने बारे छलफल हुने बताए । यसैबीच गुट विवादकै कारण जिल्लाको सबै वडाको नतिजा आउन सकेको छैन । कसैले चुनाव गर्ने र कसैले सहमति गर्ने भन्ने विवादले नतिजा आउन ढिला भएको हो । ७ स्थानीय तहमा ७४ वडा छन् । सबै पालिकाहरुको नतिजा आए पनि उजुरीबाहेक रामग्राम नगरपालिकाका ३ वटा वडाको नजिता आउन बाँकी रहेको पाण्डेले बताए । गुटकै कारण विवाद हुँदा रामग्राम नगरपालिका वडा नं. १५ र १६ को निर्वाचन आइतबार दिउँसोबाट सुरु भएको छ । जिल्लाबाट १३ सयको हाराहारीमा क्षेत्रीय प्रतिनिधि चयन हुने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.