सुदर्शनले बर्थ डेको दिन गरे सुप्रियासँग इन्गेजमेन्ट
काठमाडौं : अभिनेता सुदर्शन थापाले जन्मदिनको अवसरमा नयाँ सुरुवात गरेका छन्। थापाले सोमबार अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरुले असोज २२ गते विवाह गर्ने भएका छन्।
सुप्रियाले एपि वान टेलिभिजनमा समाचार वाचन गर्छिन्। उनले म्युजिक भिडियोसहित फिल्ममा पनि अभिनय गरेकी छिन्। सुप्रिया र सुदर्शन केही महिनादेखी प्रेम सम्बन्धमा रहेका थिए। तर उनीहरुले आफ्ना प्रेमसम्बन्धबारे खुलाएका थिएनन्। सुदर्शनले 'मेरो एउटा साथी छ' भन्ने फिल्मबाट डेब्यु गरेका थिए। उनले 'प्रेमगीत'मा पनि अभिनय गरेका थिए।
सुदर्शनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले जीन्दगीको नयाँ सुरुवात गरेको जानकारी गराएका हुन्। उनले लेखेका छन्, 'जिन्दगीको नया शुरुवात। यहाँहरुको माया र सद्भाव सधैझै रहिरहोस्। '