मुस्ताङमा स्याउ नपाक्दै टिप्‍न थालियो

मुस्ताङमा स्याउ नपाक्दै टिप्‍न थालियो

जोमसोम: 'स्याउ जोन'को रुपमा चिनिएको मुस्ताङमा स्याउ टिप्ने सिजन सुरु नहुँदै स्याउ टिप्न थालिकएको छ । स्याउको गुणस्तर कायम राख्न स्थानीय किसानलाई असोजअघि नै स्याउ नटिप्न अनुरोध गरिए पनि जिल्ला बाहिरका ब्यापारीले भने धमाधम मुस्ताङको स्याउ टिपेर बजार पुर्‍याउन थालेका छन् ।

नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर छोपेर जिल्ला बाहिरका ब्यापारीले मुस्ताङको स्याउ बजार पुर्‍याउन थालेको सरोकारवालाहरु बताउँछन् ।

मुस्ताङको स्याउ बोटमा राम्ररी नपाक्दै टिपेर बजार पुर्‍याइने परिपाटीले सहर÷बजारका उपभोक्ताले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको गुनासो बढेको बताइन्छ । तर, स्याउ जोन संञ्चालन समन्वय समिति मुस्ताङले असोजअघि नै स्याउ नटिप्न किसानलाई पटक÷पटक आग्रह गरिए पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।

स्याउ जोन मुस्ताङले केही स्याउ फार्म, सहकारी, समूह र व्यक्तिका फार्मबाट ब्यापरीले स्याउ टिपेर बजार पुर्‍याइरहँदा स्याउ जोनमा आवद्ध कृषकको बगैँचाबाट कसैले स्याउ नटिपेको दावी गरे ।

नजिकिँदै गरेको तीज पर्वको अवसरमा मुस्ताङको स्याउ बजार पुर्‍याउँदा महङ्गो मुल्यमा बिक्री हुने भएकाले जिल्ला बाहिरका ब्यापारीहरुले धमाधम स्याउ राम्ररी नपाक्दै बजार पुर्‍याउने गरेको स्याउ ब्यापारी टुकुचेका हरी थापाले बताए छ । उनले तीज पर्वलाई लक्षित गरी मुस्ताङको २० प्रतिशत स्याउ बजार पुगिसकेको जनाएका छन् ।पोखराका अर्को स्याउ ब्यापारी रामशरणले मुस्ताङको घरपझोङ गापाको मार्फा, वारागुङ मुक्तिक्षेत्रको तिरी, फल्याक र पाक्लिङ लगायत स्थानबाट ब्यापारीले स्याउ पोखरा पुर्‍याएको जनाएका छन् ।

स्याउ नपाक्दै धमाधम टिपेर बजार पुर्‍याउन थालेपछि मुस्ताङका सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।उनीहरुले असोज लागेपछि मात्र स्याउ टिप्दा स्याउको गुणस्तर कायम हुने भएकाले यसप्रति ध्यान दिन कृषकहरुलाई अनुरोध गरेका छन् ।

बर्सेनी जिल्ला बाहिरका ब्यापारीहरु स्याउ खरिद गर्न तथा स्याउको बैना गर्नका लागि मुस्ताङ आउने गर्छन् । उनीहरुले कृषकले उत्पादन गरेको स्याउ बगैँचा हेरर मोलतोल गरी खरिद गर्ने गर्छन् ।गत वर्ष मुस्ताङमा ७१ सय मेट्रिक टन जिल्ला बाहिरिएको स्याउ जोन मुस्ताङले जनाएको छ ।

चिसो हावापानी र हिउँले सिञ्चित गरिएको मुस्ताङको स्याउ स्वादिलो र गुणस्तर हुने गरेकाले बजारमा मुस्ताङको स्याउको डिमाण्ड अन्य जिल्ला भन्दा बढी हुने गरेको ब्यापारीहरुको भनाइ छ । पछिल्लो समय मुस्ताङमा झन्डै ३० हजार उच्च घनत्वको स्याउ बिरुवा रोपण गरिएको छ । मुस्ताङमा पछिल्लो समय १५ सय हेक्टर जमिनमा स्याउ खेती गरिएको भए पनि स्याउ उत्पादनको क्षेत्र ६ सय हेक्टर रहेको जनाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.