उषा गजुरेल बनिन् सर्वोत्कृष्ट तीज गायन प्रतियोगी

उषा गजुरेल बनिन् सर्वोत्कृष्ट तीज गायन प्रतियोगी

काठमाडौं : रेडियो अन्नपूर्ण नेपालले आयोजना गरेको गायन प्रतिस्पर्धामा काठमाण्डौकी उषा गजुरेल सर्वोत्कृष्ट भएकी छन्। हरितालिका तीजका अवसरमा आयोजित प्रतियोगितामा उनी सर्वोत्कृष्ट भएकी हुन्।

भाद्र १३ गतेदेखि भाद्र २४ गतेसम्म संचालन गरिएको 'रेडियोमा गाउने, सबैलाई सुनाउने, तीज मनाउने' शिर्षक दिइएको प्रतिस्पर्धामा भर्च्युअल माध्यमबाट ४७ जना नारीको सहभागिता रहेको थियो। 

भाद्र १२ गतेदेखि २२ गतेसम्म रेडियोमा अतिथि गायिकालाई उपस्थित गराई लाइभ कार्यक्रममा गाउन लगाएर उत्कृष्ठ  १० प्रतियोगि छनोट गरिएको थियो। छनोट चरणमा निर्णायकले लोक गायिकाहरू सर्मिला गुरुङ, चन्दा अर्याल, मधु क्षेत्री, भूमिका गिरी, टिका प्रसाईं, सिर्जु अधिकारी, सुमित्रा कोइराला, रमिला न्यौपाने, मन्जु पौडेल, पूर्णकला बिसी रहेका थिए ।

भाद्र २३ गते गरिएको उत्कृष्ठ १० जनाको फाइनल गायन प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट गायिका छनोट गरी भाद्र २४ गते हरितालिका तीजका दिन तिज विशेष कार्यक्रममा घोषणा गरिएको हो। फाइनल चरणको निर्णायकमा लोकप्रिय गायिकाद्वय कुन्ती मोक्तान र सुनिता दुलाल रहेकी थिइन् ।

यसअघि भानु जयन्तीका अवसरमा कविता प्रतियोगिता तथा गाइजात्राका अवसरमा हाँस्य व्यंग्य प्रतियोगिता सम्पन्न भएको थियो। तीजका अवसरमा गायन क्षेत्रमा रहेका नारी प्रतिभालाई प्रोत्साहन मिलोस् भनेर यस प्रतिस्पर्धाको आयोजना गरिएको रेडियो अन्नपूर्ण नेपालका स्टेशन प्रमुख शिरोमणि दवाडीले जानकारी दिए। निरन्तर १२ दिनसम्म रेडियोमा दैनिक लाइभ २ घण्टा प्रशारण भएको यस कार्यक्रमको संचालन रेडियो प्रस्तोता तथा गायिकाद्वय कल्पना दुलाल र उषा मलाहले गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.