शेयर बजार ७६.६५ अंकले घट्यो, ९ अर्बको कारोबार

शेयर बजार ७६.६५ अंकले घट्यो, ९ अर्बको कारोबार

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै त्यसको नकारात्मक असर शेयर बजारमा परेको छ। यसअघि ८.३० प्रतिशतसम्म मात्रै ब्याजदर दिँदै आएका बैंकहरुले ९ प्रतिशतसम्म ब्याज दिन थालेपछि त्यसको असर शेयर बजारमा परेको हो। 

विभिन्न कारणले बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरु आफूसँग भएको शेयरको मूल्य घट्ने त्रासले बिक्री गर्न थालेपछि बजार ओरालो लागेको विश्लेषकहरुको बुझाइ छ। नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोख्रेलले राष्ट्र बैंकको मौद्रिक नीति, नेप्से र धितोपत्र बोर्डमा नेतृत्वको कमी र बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउनु नै शेयर बजार घट्नुको मुख्य कारण रहेको बताइन्। 

बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यवस्था गरेको छ। यी विभिन्न कारणले अहिले लगानीकर्ताहरु अन्योलमा रहेको उनको बुझाइ छ। उनले भनिन्,' शेयर लगानीकर्ताहरु अन्योलमा छन्। उनीहरु आफूसँग भएको पु्ँजी कसरी सुरक्षित गर्ने भन्ने धाउन्नमा छन्। यस्तो अवस्थामा शेयर बजार बढ्ने त कुरै भएन।'

दिनभरजसो शेयर मूल्य अलिकति घट्ने बित्तिकै ग्राहक हावी हुने अनि अलिकति बढ्यो कि बिक्रेताको संख्या ह्वात्तै बढ्ने प्रवृत्ति हावी छ। जसले गर्दा शेयर बजार आफ्नो लयमा जान नसकेको लगानीकर्ताको बुझाइ छ। 

नेप्से बजार घट्नेक्रम बिहीबार पनि निरन्तर रह्यो। साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेको छ। कारोबारको अघिल्लो दिन नेप्से ४० अंकले घटेर २८८९.०३ बिन्दुमा पुगेको थियो। नेप्से घटेपनि कारोबार रकम भने वृद्धि भएको छ। बिहीबार २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ मूल्यमा खरिदबिक्री भए।

बुधबार २२२ कम्पनीको १ करोड ५५ लाख ७ हजार ८६६ कित्ता शेयर ५ अर्ब ३५ करोड मूल्य बराबरमा खरिदबिक्री भएको थियो। यस्तै ठूला कम्पनीको शेयर मापन परिसूचक सेन्सेटिभ इण्डेक्स २.३६ प्रतिशत अर्थात् १२ अंकले घटेर ५२५.७८ बिन्दुमा पुगेको छ। 

कारोबारमा आएका १३ वटै समूहको परिसूचक पनि घटेको छ। कारोबारको अन्तिम दिन जीवन विमाको सर्वाधिक ४५२.५९ अंकले घटेको छ। यसैगरी निर्जीव विमाको ३८३.७, विकास बैंकको १९७.२२,व्यापारको ११०.१३, माइक्रो फाइनान्सको १७१.७७, फाइनान्सको १३९.४४, उत्पादन १३७.३९ अंकले घटेको
छ।
बुधबार पनि सबै समूहको परिसूचक ओरालो लागेको थियो। निर्जीव विमा कम्पनीको सर्वाधिक २७२.९१ प्रतिशतले शेयर मूल्य घटेको थियो। १३ वटै समूहको परिसूचक राताम्मे भएको शेयर बजारमा मनकामना स्मार्ट लघुवित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको साढे ३८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। शेयरमूल्य घट्ने कम्पनीको सूचीको शीर्षस्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। यो बैंकको शेयरमूल्य ८.१७ अंकले घटेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.