हाब्रेको छालासहित युवक पक्राउ

हाब्रेको छालासहित युवक पक्राउ

जाजरकोट : जाजरकोटमा हाब्रे(रेडपाण्डा)को छाला सहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बारेकोट गाउँपालिका–५ नायकवाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो। 

रेडपाण्डाहरूको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका वडा नं. ५ कालीमाटी स्थित होटलमा ल्याइ आएको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डिएस्पी मधुकुमार थापाले बताए।
 

थापाका अनुसार होटल तथा सम्पूर्ण कोठाहरु खान-तलासी गर्ने क्रममा सो होटलको माथिल्लो तलाको २ नम्बर कोठाभित्र निज लोकेश परियार र निजको साथमा रहेको झोला फेलापारी रितपुर्वक खान तलासी गर्दा झोला भित्र रेडपाण्डा जस्तो देखिने जनावरको ४२ इन्च लम्बाइ भएको ठूलो छाला १ थान र टाउको नभएको २२ इन्च सानो छाला १ थान फेला पारीएको हो।

घटनाको थप अनुसन्धान भइरहेको र आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय खलङ्गा जाजरकोटसँग समन्वय भएको डिएस्पी थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.