विप्लवको बन्दीपुर बैठक निर्णय : फागुनमा महाधिवेशन, एमसीसी पास हुन नदिने

विप्लवको बन्दीपुर बैठक निर्णय : फागुनमा महाधिवेशन, एमसीसी पास हुन नदिने

दमौलीः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा केन्द्रीय समितिको बैठकले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चावन्दी गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा सम्पन्न बैठकले यसका लागि मोर्चावन्दीसँगै कार्यगत एकता समेत गर्ने निर्णय गरेको छ । गत शुक्रबारबाट सुरु भएर मंगलबार राति अबेर सम्पन्न बैठकले पार्टीको नवौं महाधिवेशन फागुनमा गर्ने निर्णय समेत गरेको पार्टीका केन्द्रीय सदस्य पूर्णजीत पुन ‘उभार’ले अन्नपूर्णलाई जानकारी दिए । 

यसपूर्व कार्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकले जनयुद्धका बाँकी रहेका आधारभूत कामको व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । वैज्ञानिक समाजवादसम्म पुग्नका लागि आवश्यक काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

पार्टीभित्रको नीतिगत मतभेद महाधिवेशनमा लगिने नेताहरुले प्रष्ट बताउन नचाहे पनि पार्टीनिकट श्रोतका अनुसार विप्लवको पार्टीमा उनी र स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच नीतिगत मतभेद रहेको बताइन्छ । 

विप्लव मूलरुपमा प्रचण्डसँग एकता गर्ने नीति ल्याउन चाहन्छन् तर प्रकाण्ड यसको विपक्षमा छन् । उनी वैद्यलगायतका कम्युनिस्ट घटकसँग एकता गर्न चाहन्छन् । 

विप्लव र प्रकाण्डबीचको संघर्ष

वैज्ञानिक समाजवादमा जाने विषयमा पनि दुईबीच विभेद रहे पनि सचिवालयको हस्तक्षेपका कारण बैठकमा भने सचिवालयका तर्फबाट नै महासचिवको प्रतिवेदन प्रस्तुत भएको बताइन्छ ।

पार्टी दस्तावेजमा नलेखिए पनि आगामी महाधिवेशनसम्म यस विषय कतै उल्लेख नगर्ने र बहसका रुपमा महाधिवेशनमा लैजाने समझदारी नेताबीच भएको नाम उल्लेख गर्न नचाहने एक नेताले अन्नपूर्णलाई बताए । तर पुनले भने यस्तो विषय सहि नभएको र पार्टीको एकिकृत दस्तावेज नै प्रस्तुत भएको जिकिर गरे । 

पार्टीले भ्रष्टाचार तलदेखि माथिसम्म बढेको र उसकै शब्दमा कमिशनखोर, माफिया र दलालले सताएको भन्दै यसविरुद्ध पनि संघर्ष गर्ने निर्णय गरेको छ । उसको निर्णयमा 

‘सीमा हस्तक्षेप गम्भीर’

सीमा र भारतीय हस्तक्षेपका कुरा गम्भीर भएको औंल्याइएको छ । तर निकै गोप्य राख्ने पार्टीले पत्रकार सम्मेलन गर्ने भने पनि हालसम्म गरेको छैन । र, दस्तावेज पनि सार्वजनिक गर्न नेताहरुले मानिरहेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.