दुई हजार लीटर मदिरा नष्ट

दुई हजार लीटर मदिरा नष्ट

स्याङ्जा : प्रहरीले स्याङ्जा सदरमुकामस्थित मुख्य बजारबाट २ हजार लीटर घरेलु मदिरा नष्ट गरेको छ। मदिरालाई खाडलमा पोखेर नष्ट गरेको हो। 

पुतलीबजार नगरपालिका १ स्थित मुख्यबजारका केही होटल तथा पसलबाट ती मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै होटल पसलको अनुगमन गर्दा कानूनतः अवैध मानेको घरेलु मदिरा भेटेपछि नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधी लगायतका रोहवरमा नष्ट गरेको हो।

घरेलु हिंसा न्यूनीकरण र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दे प्रहरीले अभियानलाई तीव्रता दिएको जनाएको छ। घरेलु मदिरा नियन्त्रणका लागि प्रहरी अधिकृतसहितको टोली खटाएको प्रवक्ता अधिकारीले जानकारी दिए।

घरमा उत्पादित घरेलु मदिरालाई राज्यले अबैध मानेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.