संघीय र प्रदेशका कर्मचारीबीच विवाद : संघीय कर्मचारीलाई कार्यालयमा थुने

संघीय र प्रदेशका कर्मचारीबीच विवाद : संघीय कर्मचारीलाई कार्यालयमा थुने

सिरहा : सिरहाको लहान स्थित संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिका ३ जना कर्मचारीलाई प्रदेश सरकारको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका कर्मचारीले करिब साँझ ५:३० बजेदेखि कार्यालयमै तालाबन्दी गरी थुनेका छन्। दुबै कार्यालयका कर्मचारी बीच स्रोत साधनको प्रयोगको विषयमा विवाद भएको थियो।

एउटै भवनमा दुबै कार्यालय छ। कार्यालयमा भएको समानहरु संघ र प्रदेशका कर्मचारीहरुले आफ्नो आफ्नो दाबी गरिरहेका छन्। केही दिनअघि प्रदेश सरकार मातहत रहेका भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका हाजी(हाइड्रोलोजिस्ट) पुष्पराज दाहाल सरुवा भएका थिए। उनले संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिको नाममा सम्पति रहेको भन्दै बरबुझारत समितिमै गरेर जानुपर्ने संघीय कर्मचारीले माग उठाएका छन्।

दाहालले बरबुझारत संघीय अन्तर्गतको समितिमा नगरेपछि सरसमान भएको कोठामा संघीय सरकार कर्मचारीहरुले दिउँसो ताला लगाएका थिए। सोही कोठामा प्रदेशका कर्मचारीले पहिलेदेखि नै ताला लगाएकै थिए। 

सरसमान भएको कोठामा तालाबन्दी गरेपछि साँझ करिब ५ : ३० बजेदेखि संघीय सरकारको कर्मचारी हाइड्रोलोजिस्ट अर्पण पराजुली, नायब सुब्बा सुरेन्द्र पौडेल र कार्यालय सहयोगी मधुसुदन महतोलाई प्रदेशका कर्मचारीहरुले ताला लगाएर थुनेका छन्। प्रदेश सरकार नसिबलाल यादव, बैजनाथ पासमान, शम्भु चौधरी, मनोज गिरी, भगवानदत यादव, भगवती चौधरी, महन्थलाल श्रेष्ठलगायतले कार्यालय प्रमुख सुदर्शन अधिकारीको इसारामा आफूहरुलाई थुनेको नायब सुब्बा सुरेन्द्र पोडेलको आरोप छ।

प्रदेश सरकारको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख सुदर्शन अधिकारीका अनुसार सम्पति सबै प्रदेश मातहत हस्तान्तरण भइसकेको छ। ‘कार्यालयमा हामी प्रमुखबीच कुनै विवाद छैन तर तल्ला तहका कर्मचारीबीच तछाडमछाड हुने गरेको छ’, उनले भने, ‘स्रोत साधन प्रयोगमा संघीय सरकारका केही कर्मचारी बदमासी गर्दै आइरहेका छन्।’ पहिले उनीहरुले ताला लगाएपछि यताका कर्मचारीले ताला लगाएको उनले सुनाए।  

सिँचाइ कार्यालय पहिले एउटै थियो। देश संघीयतामा गएपछि यहाँ संघ र प्रदेशको दुई कार्यालय भयो। दुबै कार्यालय जिम्मा सुदर्शन अधिकारीले नै पाएका थिए। संघीय कार्यालयमा पहिले बजेट थिएन। कर्मचारी तलब खुबाउने कार्य हुन्थ्यो। गत असारमा बजेट आयो र त्यहाँ कार्यालय प्रमुखमा विश्वबन्धु केसी आए। 

विश्वबन्धु केसीका अनुसार कर्मचारीबीच विवाद भएर तालाबन्दी भएको छ। कार्यालय प्रमुख सुदर्शन अधिकारीसँग समन्वय तालाबन्दी खुलाउन भइरहेको उनले सुनाए। गाडी राख्ने विषयमा विवाद भएको उनले बताए। सम्पती सबै समितिकै नाममा रहेको र हस्तान्तरणको प्रक्रियामा गएको उनले जानकारी गराए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.