पहिरो नियन्त्रणका लागि स्थलगत अवलोकन

पहिरो नियन्त्रणका लागि स्थलगत अवलोकन

स्याङ्जा : वालिङ नगरपालिका १४ स्थित तमादीको पहिरो नियन्त्रणका लागि स्थलगत अवलोकन गरिएको छ। वालिङ र गण्डकी प्रदेश भू-संरक्षण तथा जलाधार डिभिजन कार्यालयका प्राविधिकसहित जनप्रतिनिधीहरु प्रभावित क्षेत्रमापुगी अध्ययन अवलोकन गरेका हुन्। 

गत वर्ष पहिरो जादाँ एकैघरका ९ जनाको मृत्यु भएको थियो। धेरै पशुचौपाया पनि मरेका थिए। पहिराका कारण दर्जनभन्दा बढी घर विस्थापित भएभने ३/४ वटा घर भत्किए।

ग्रामीण क्षेत्रमा सडक खनेपछि कारण पहिरो झरेको बताइएको छ। वस्ती भन्दामाथि बाटो खनिएकाले माथिबाट झरेको पहिराले घर पुरिँदा एकाघरका ९ जनाको एकैदिन मृत्यु भएको थियो। 

वालिङ १४ अर्चलेडाँडा-डुम्रेभन्ज्याङ सडक विस्तारका लागि खन्ने क्रममा पहिरो जाँदा सिंगो गाउनै प्रभावित भएको हो। सडक विभागद्धारा खनिएको सो बाटो वरपरका जमिन चर्किनुका साथै पहिरो झर्नपछि त्यसको रोकथामका लागि स्थलगत निरीक्षण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए। उनले भने, ‘पहिरो झर्न नदिनेगरी ईञ्जिनियरहरुको टोलीले दिएको सुझाव बमोजिम काम अघि बढाईनेछ। र पहिरो नियन्त्रणका विविध उपाय अवलम्बन गरिनेछ।’ थप क्षति हुन नदिन जाली सहितको टेवा पर्खाल लगाउने, बायोईन्जिनियरिङ विधिद्धारा पहिरो रोकथाम र बृक्षारोपण तथा नियन्त्रण गर्न सकिन्छ।

स्थलतग अध्ययन अवलोकनका लागि नगर प्रमुख खाँण, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईू, भू तथा जलाधार कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल, सोही वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठ लगायत पहिरो पिडित स्थानीयबासी सहभागी थिए। 

पहिरोबाट विस्थापित परिवारलाई आवास निर्माणका लागि आवश्यक प्रक्रियाअघि बढेको नगरपालिकाले जनाएको छ। गत वर्ष पनि नगरपालिका र जलाधार कार्यालयको साझेदारीमा बायोईञ्जिनियरिङ प्रविधिबाट तटबन्ध गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.